संजिवको ’सुनय’ एकल एल्बम सार्वजनिक

संजिवको  ’सुनय’ एकल एल्बम सार्वजनिक

केहि समय यता 'नाइ मलाइ थाहा छैन..' बाेलकाे गित अनलाइनमा भाइरल भएर नेपाली सांगितिक क्षेत्र तताइ रहेकाे छ । युट्युबमा ६ लाख भन्दा धेरै पटक हेरिसकिएकाे याे गितकाे कभर भिडियाे बनाउने अन्तराष्ट्रियस्तरकाे प्रतियाेगिता नै अायाेजना भएकाे थियाे । साे प्रतियाेगिताकाे पुरस्कार वितरण कार्यक्रममा उक्त गितका गायक संजिब पराजुलीकाे एकल एल्बम ’सुनय’ सार्वजनिक भएकाे छ । पाँच वटा नेपाली आधुनिक गीतहरु समावेश गरिएको उक्त एल्बमलाई वरिष्ठ गायक तथा संगीतकार शक्ति वल्लभ र वरिष्ठ संगीतकार राजु सिंहले विमोचन गरेका छन् ।
गायक पराजुलीको एकल स्वरले सजिएको यस एल्बममा गीतकारहरु होमनाथ न्यौपाने, निष्प्रभ सजि र हर्कुलिस बस्नेतको शब्द रहेको छ भने संगीतकारहरु दिपक भट्टराई, हेमन्त राना र हर्कुलिस बस्नेतको संगीत सुन्न सकिन्छ ।गायक पराजुलीलाई ’प्रेम रंग’ बोलको गीतमा सुमधुर स्वर कि धनि बानिका प्रधानले साथ दिएकी छन् । ’सुनय’ गायक पराजुलीको पहिलो एकल एल्बम हो । अस्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका संजीब पराजुली नेपाली श्रोताहरु माझ चर्चित छन् । हालैमात्र सार्वजनिक गरिएको ’नाई मलाई थाहा छैन’ बोलको गीत उनको सबैभन्दा रुचाइएको गीत हो । उक्त गीतमा गाइका टीका प्रसाईंले उनलाई साथ दिएकी छन् ।
उनले पछिल्लो समय धमाधम आफ्ना गीतहरु बजारमा ल्याउने क्रमलाई निरन्तरता दिइरहेका छन् । उनी पछिल्लो समयमा निकै ब्यस्त तथा चर्चामा आउँन सफल गायक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्