गर्मी मौसम सुरु भएको छ , घमौराबाट बच्ने उपाए थाहा पाईराखौ !!

गर्मी मौसम सुरु भएको छ , घमौराबाट बच्ने उपाए थाहा पाईराखौ !!

गर्मी मौसम सुरु भइसकेको छ । गर्मी मौसममा बढी पसिना निस्कने हुँदा घमौरा आउँने हुन्छ । तर, यो समस्याबाट निजात पाउँन हामी आफ्नै घरमा पाइने घरेलु उपचार पद्धति अपनाउँन सक्छौँ । त्यसो भए जान्नुहोस्, यस्ता १० सजिला उपाय ।

१. काँक्रा मसाज – एक गिलास पानीमा एउटा कागती निचोर्नुहोस् र काँक्रालाई गालो आकारको चानामा काट्नुहोस् । ति काँक्राको चानालाई कागती पानीमा डुबाएर घमौरा निस्किएको ठाउँमा १० मिनेटसम्म लगाउँने गर्नुहोस् ।

२. घ्युकुमारीको जेल – एक चम्चा ध्युकुमारीको जेललाई घमौँरामा लगाउँनुहोस् । २० मिनेटपछि धुनुहोस् । यस्तो दिनमा ३ पटक गर्नुहोस् ।
३. बेकिङ सोडा – ५ चम्चा पानीमा एक चम्चा बेकिङ सोडा मिलाउँनुहोस् । यसलाई घमौरा आएको ठाउँमा लगाउँनुहोस् र २० मिनेटपछि धुनुहोस् । यो काम दिनमा २ पटक गर्नुहोस् ।

४. नीमको पात – नीमको २० वा ३० पातलाई एक गिलास पानीमा उमाल्नुहोस् । चिसो भएपछि घमौरा आएको ठाउँमा लगाउँनुहोस् र २० मिनेटपछि नुहाउँनुहोस् । यस्तो. दिनमा एक पटक गर्नुहोस् ।

५. नरिवालको तेल – एक चम्चा नरिवलको तेलमा एउटा कपूर मिसाउँनुहोस् र त्यसलाई घमौरामा लगाउँनुहोस् । २० मिनेटपछि धुनुहोस् ।

६. मुल्तानी माटो – २ चम्चा मुल्तानी माटोलाई पानीमा मिलाएर पेस्ट बनाउँनुहोस् र त्यसलाई घमौरामा लगाउँनुहोस् । आधा घन्टापछि धुनुहोस् ।

७. जैतुनको तेल – एक–एक चम्चा जैतुनको तेल र मह मिसाएर घमौरामा लगाउँनुहोस् । २० मिनेटपछि धुनुहोस् । यस्तो दिनमा दुई पटक गर्नुहोस् ।

८. आइस क्युब – एक प्लास्टिकको झोलामा आइस क्युब(बरफको डल्ला)लाई राख्नुहोस् । यसबाट दैनिक १० मिनेटसम्म घमौरा आएको ठाउँमा सेकाउँनुहोस् ।

९. स्याउको चाना – स्याउको चानालाई सिरकासँग घमौरामा लगाउँनुहोस् र २० मिनेटपछि धुनुहोस् । यो दिनमा २ पटक गर्नुहोस् ।

१०. चन्दन – आधा चम्चा चन्दनको पाउडरलाई एक चम्चा गुलाब चलमा मिलाउँनुहोस् र घमौरा आएको ठाउँमा लगाउँनुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्