कट्प्पाले बाहुबली मारेकाे कारण २०१५ मै अनुमान गरेका विराटनगरका युवा इन्टरनेटमा भाइरल बन्दै

कट्प्पाले बाहुबली मारेकाे कारण २०१५ मै अनुमान गरेका विराटनगरका युवा इन्टरनेटमा भाइरल बन्दै

'कटप्पाले बाहुबलीलाइ किन मार्याे ?' २०१५ मा रिलिज भएकाे चलचित्र बाहुबली पछि याे प्रश्नकाे उत्तर जान्ने जिज्ञाशा चलचित्र हेर्ने सबैमा थियाे । एसएस राजामाैलीसहित चलचित्र निर्माण टाेलीकाे निक्कै थाेरै व्यक्तिहरू बिचमात्र लुकेकाे यस गाेप्य उत्तरबारे धेरैले अाअाफ्नै किसिमकाे अनुमान लगाएका थिए । केहि साता अघि चलचित्र रिलिज भएपछि भने यसकाे राज जाे काेहिलाइ थाहा भयाे । [caption id="attachment_33166" align="aligncenter" width="959"] तस्विर साभार: हिन्दुस्तान टाइम्स[/caption]
यहि बिच विराटनगरका एक युवा अहिले त्यहि अनुमान सँग सम्बन्धित रहेर इन्टरनेट र भारतिय मिडियाहरूमा छाएका छन् ।
बिराटनगर जामुनगाछी घर भई हाल काठमाडौमा जागिर गरिरहेका सुशान्त दाहालले २०१५ मा नै कटप्पाले बाहुबलीलाइ किन मारे भनेर सहि अनुमान गरेका थिए । साेहि कुरा बाहिरिएपछि अहिले उनी इन्टरनेट सेनसेसन भएका छन् । हिन्दुस्तान टाइम्सकाे अनुसार सुशान्तले प्रश्न उत्तर सोधिने वेबसाइट क्वेरामा उक्त प्रश्नको सहि अनुमान लगाउँदै कमेन्ट लेखेको थिए । उनकाे कमेन्ट बाहुबली -२ रिलिज भए संगै सहि सावित भएपछि चर्चित भएको छ ।
उनकाे अनुमान यस्ताे थियाे :

"त्याे उत्तर लेखेर मैले बिर्सि पनि सकेकाे थिए । दुइ वर्ष पनि भइसकेछ । केहि दिन अघि मेराे एक जना साथीले मलाइ फेसबुकमा त्याे पाेस्ट ट्याग गरेपछि मात्र मैले यसबारे जानकारी पाएकाे हुँ ।" शुशान्तले हिन्दुस्तान टाइम्सलाइ भनेका छन् "चलचित्रहरू धेरै हेर्ने हुँदा हाेला अगाडी के हुन्छ भनेर अन्दाज गर्न सक्ने भएकाे छु । अझ भनाैं इन्डियन सिनेमा अन्दाज गर्न सक्ने नै हुन्छन् ।"

तस्विरहरु: साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्