केशवले ‘छल्की’ ल्याउँदै

केशवले ‘छल्की’ ल्याउँदै

विभिन्न जातिय भाषामा आधरित चलचित्रको निर्देशन गर्दै आएका विराटनगरका निर्देशक केशव रायमाझीले चाँडै थारु भाषामा आधारित चलचित्रको निर्देशन गर्ने भएका छन् ।
उनले आगामी निर्देशन गर्न लागेको चलचित्र ‘छल्की’ आउँदो शनिबार विराटनगरमा एक कार्यक्रमको बिच शुभ मुहुर्त जनाएका छन् । एक दर्जन बढी थारु भाषाको चलचित्रमा निर्देशन गरि सबैको रोजाईमा पर्न सफल भएका रायमाझीले निर्देशन गर्न लागेको छल्कीको छांयाकन चाँडै हुने उनले जानकारी दिए । राजेन्द्र भगतको चलचित्रमा प्रस्तुती गरिने र चाँदनी फिल्मसको ब्यानरमा निमार्ण हुन लागेको चलचित्रको प्रमुख निर्मता कन्नुलाल चौधरीले गरेका छन् । त्यस्तै निर्मताहरुमा नरेश चौधरी, बद्री माझी, पन्चु नारायण चौधरी(थारु) रहेका छन् भने सह निर्मतामा सुनिता चौधरी रहेका छन् ।
उक्त चलचित्रको पूर्वाञ्चलको रमणिय क्षेत्रमा छायाकन हुने निर्देशक रायमाझीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्