मुखियाकाे छाेराकाे बिवाहमा न जन्ती तयार न बेहुली नै, मतदाता शिक्षा सिकाउदै गुरूकुल

मुखियाकाे छाेराकाे बिवाहमा न जन्ती तयार न बेहुली नै, मतदाता शिक्षा सिकाउदै गुरूकुल

मुखियाको छोराको बिवाह पक्का भयो, जेठ ३१ गते बिवाह गर्ने गरी मिति पनि तय भयो । तर न त जन्ति जान गाउँले भ्याउने भए न त बाजा बजाउने मान्छे, भत्तेर पकाउने मान्छे र ड्राइभर नै । अझ बेहुलीले नै जेठ ३१ गते बिवाह नगर्ने अडान लिएपछि मुखिया सोच्न बाध्य हुन्छ । गाउँलेले आप्mनो कुरा मान्न छाडे भनेर उनिहरुलाई ठेगान लगाउने उपाय सोच्न थालेको मुखिया तब होसमा आयो जब जेठ ३१ गते स्थानिय तहको निर्वाचन छ भनेर थाहा पायो ।
कुरा हो स्थानिय तहको निर्वाचन सम्बन्धी आरोहण गुरुकुलले प्रदर्शन गरेको सडक नाटकको । निर्वाचन आयोगको आर्थिक सहयोगमा आरोहण गुरुकुलले प्रदेश नम्बर १ का ५ जिल्ला, प्रदेश नम्बर २ का ४ जिल्लामा र प्रदेश नम्बर ३ को १ जिल्लामा सडक नाटक प्रदर्शन गर्दैछ । प्रदेश नम्बर १ का मोरङ्ग र सुनसरीमा, प्रदेश नम्बर २ को सर्लाहीमा, प्रदेश नम्बर ३ को मकवानपुरका सम्पुर्ण स्थानिय तहमा कार्यक्रम सम्पन्न भईसकेको र झापा, सिरहा र सप्तरी, रौतहट, बारा पर्सामा पनि जारी रहेको कार्यक्रम संयोजक आरोहण गुरुकुलका दिपेश भण्डारीले जानकारी दिनुभयो । [caption id="attachment_33366" align="aligncenter" width="1282"] विराटनगरमा नाटक प्रदर्शन गर्दै गुरूकुलका कलाकारहरू । [/caption]१९ वर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचन बिवाह भन्दा ठुलो हो त्यसैले जेठ ३१ गते मतदान गर्न जानुपर्छ भन्दै लगन जुराउने पण्डितलाई बिवाहको मिति सार्न लगाएर नाटक समापन हुन्छ । आफुले जुराएको बिवाहको मितिमा निर्वाचन परेकाले मतदान गर्न जानुपर्ने भन्दै भ्याउँदिन भन्ने खबर दिन मुखियाकोमा आएको पण्डितले मतदानका लागि मतदाता परिचय पत्रको आवश्यकता, मतदाता नामावलीमा नाम खोज्ने तरिका, मतपत्र र मतदान गर्ने तरिका, मत सदर र बदर हुने अवस्था र मतपत्र पट्याउने तरिका सिकाउँदै नाटक अन्त्य हुन्छ ।
आम नागरिकको प्रत्यक्ष सहभागिता रहने सडक नाटक मार्फत गरिएको मतदाता शिक्षा कार्यक्रम सरल र सजिलैसँग बुझिने भएकोले अति प्रभावकारी भएको पूर्वाञ्चल क्षेत्रिय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले बताउनुभयो । ४५ मिनेट अवधिको नाटकमा भरत कार्की, विकास पराजुली, अशोक गौतम, राजेश ठाकुर, गिता कोईराला, अश्मिना कर्ण र अंकिता विश्वासको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्