विराटनगरमा लिटील सुपर स्टार २०१७ ट्यालेन्ट शो हुदै

विराटनगरमा लिटील सुपर स्टार २०१७ ट्यालेन्ट शो हुदै

प्रेम देवान
विराटनगर ८ जेष्ठ । दिप भिजन फिल्म एण्ड आर्ट एकेडेमिको आयोजनामा विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले लिटील सुपर स्टार २०१७ ट्यालेन्ट शो हुने भएको छ ।
दिप भिजन फिल्म एण्ड आर्ट एकेडेमिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी विद्यालयमा अध्ययन गर्दै आएका १० देखि १५ वर्ष उमेरका बालबालिकाको बृत्ति विकास गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ । विद्यार्थीहरुमा भएको क्षमतालाई पहिचानगरी विकास गराउनुका साथै पढाईका अलवा बाहिरी ज्ञानका कुरामा समावेश गराउने हेतुले लिटील सुपर स्टार गर्न लागिएको दिप भिजन आर्टका अध्यक्ष दिप श्रेष्ठले बताए । सुपर स्टारका लागी अडिशन अहिले जारी रहेकाले आगामी जेठ १२ गते देखि तालिम सुरु गरिने श्रेष्ठले जानकारी दिए । तालिममा शिक्षाको महत्व, अनुशासन, आध्यात्मीक ज्ञान, टाफिक नियम, रेडियो र भिडीयो जक्की लगायत १५ विद्यामा तालिम प्रदान गरिने दिप भिजन विराटनगरका मनिस काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
फाईनल राउण्डमा ५० जनाबाट छानिएका एक जना मिस्टर प्रिन्स मिस प्रिन्सेस विजेता घोषित हुनेछन् । विजेताले ३१ हजारको साथमा शिल्ड प्रमाणपत्र,छात्राबृति र आर्कषक गिफ्ट हेम्पर पांउने छन् । साथै फस्ट रनर अपर सेकेन्ड रनरअपले शिल्ड प्रमाणपत्र र गिफ्ट हेम्पर पांउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्