विराटनगरकाे सिटि सिनेमाकाे तस्विर

विराटनगरकाे सिटि सिनेमाकाे तस्विर

[caption id="attachment_33586" align="aligncenter" width="3456"] तस्विर: प्रेम देवान/अावर विराटनगर[/caption]

[caption id="attachment_33585" align="aligncenter" width="3456"] तस्विर: प्रेम देवान/अावर विराटनगर[/caption]

सिनेमाका पारखीहरूले विराटनगरमा मिस गर्दै अाएकाे कुराहरूकाे लिस्ट बनाउदा पहिलाे नम्बरमा अाउने सुविधासम्पन्न सिनेमाघरहरूकाे अभाव विराटनगरमा सँधै रहँदै अाएकाे छ । देशका अन्य सहरहरूमा मल्टिप्लेक्सकाे अनुभव संगालेकाहरू त अझ स्तरीय र दुविधामुक्त रूपमा सिनेमा हेर्न इटहरी बजारसम्म पुग्ने गरेकाे समेत पाइन थालेकाे छ ।विराटनगर तिनपैनी चाैकमा सुविधासम्पन्न मल्टिप्लेक्सका रूपमा सिटि सिनेमा संचालनमा अाउने भएपछि यस्ताे समस्या हटि विराटनगरवासीले मल्टिप्लेक्सकाे मज्जा पाउने भएका हुन् ।

[caption id="attachment_33587" align="aligncenter" width="3456"] तस्विर: प्रेम देवान/अावर विराटनगर[/caption]

यस्ताे हुनेछ सिटि सिनेमा 
सिटि सिनेमा अन्तर्गत २ वटा फरक क्षमताकाे हल संचालनमा अाउने छ । ठुलाे हलमा २ सय ३० सिट क्षमता हुनेछ भने सानाे हलमा १ सय १५ सिट क्षमता हुनेछ । हलमा सिनेमा हेर्दा जेबिएल साउण्ड तथा थ्रीडी प्रोजेक्सन सिस्टमकाे मज्जा लिन पाइने संचालक थापाले बताए । सिनेमा हल भित्र सबै तिर वातानुकुल व्यवस्था गरिने छ ।
सिटि सिनेमामा थ्रिडि चलचित्रहरू पनि हेर्न सकिनेछ । हलमा नेपाली, हिन्दी तथा अंग्रेजी सबै भाषाका चलचित्रहरू लाग्ने उनले जानकारी दिए ।

अन्य सुविधाहरू यस्ताे हुनेछ 
हललाइ अावश्यक्ता अनुसार माेडिफाइ गरि स्टेजका रूपमा समेत प्रयाेग गर्न सकिने र कन्सर्ट, टल्क शाे अायाेजना गर्न सकिने व्यवस्था हुनेछ । सिटि सिनेमामा लाग्ने चलचित्रहरूकाे टिकट अनलाइनबाटै बुक गर्न सकिने व्यवस्था गरिन लागिएकाे छ जसले टिकट काट्न कै लागि लामाे समय लाइनमा लाग्नु पर्ने झन्झट हटाउने छ ।
हल भित्रै पपकर्न, पेय पदार्थ लगायत खरिद गर्न सक्ने तथा प्रिअर्डर गरेर चलचित्र हेर्ने अाफ्नाे सिट सम्मै मगाउन सकिने व्यवस्था गर्न लागिएकाे संचालकहरू बताउछन् । यसै गरि सिटि सिनेमाकाे प्राङ्गण भित्र सास्थम बेकरी संचालनमा अाउने समेत बताइएकाे छ जसमा चलचित्र हेर्न अाउने तथा चलचित्र नहेर्नेहरूले पनि कफि र बेकरी अाइटमकाे अानन्द उठाउन सक्नेछन् ।

पुरानाे पाेस्ट हेर्नुहाेस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्