बाहुबली अब चिनमा पनि

बाहुबली अब चिनमा पनि

एसएस राजामौलीको ऐतिहासिक कमाइ गर्ने चलचित्र ‘बाहुबलीः द कन्क्लुजन’ ले अब चीनको यात्रा गर्ने भएको छ । बलिउड हल्लाले भन्छ– चीनले अमरेन्द्र–महेन्द्र बाहुबलीको यो माहिष्मती साम्राज्यमाथि निकै अघिदेखि नजर लाइरहेको थियो ।

आमिर खानको ‘दंगल’ ले चीनमा पाएको जबरजस्त सफलतापछि यो दाउ अझ तगडा भएको ‘जागरण’ अनलाइनले लेखेको छ । खबरका अनुसार ‘बाहुबली’ चीनमा जुलाईमा रिलिज हुँदैछ । अर्क मिडिया वक्र्स (बाहुबलीको प्रोडक्शन कम्पनी) को अन्तर्राष्ट्रिय सेल्स हेड एफ डिसिल्भाले के म्याग्जिनलाई भने अनुसार  चलचित्रले चीनको तयार गरिरहेको छ । चीनबाहेक विश्वबाट कमाइ भएको २२० मिलियन डलरले यो हौसला दिएको डिसिल्भाको भनाइ छ ।

‘दंगल’ चीनमा ८ हजार भन्दा बढी स्क्रिनमा रिलिज भएको थियो । ‘बाहुबली’लाई योभन्दा बढी पर्दामा देखाउन सकिनेछ । निर्माताका अनुसार चिनियाँ वितरकहरूले नै चलचित्रका लागि इच्छा व्यक्त गरिरहेका छन् । यो चलचित्रका लागि दक्षिण कोरिया, लक्जमबर्ग, स्विजरल्यान्ड र नाइजेरियालगायतका देशमा पनि माग भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्