विराटनगरमा मिस नेवा कोशीको पहिलो अडिसन हुदै

विराटनगरमा मिस नेवा कोशीको पहिलो अडिसन हुदै

विराटनगर, १० जेठ / विराटनगरमा मिस नेवा कोशी हुने भएको छ । नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको पहिलो अडिसन जेठ २० गते हुने भएको हो ।
कृएसनका निर्देशक जतिन ताम्रकार भन्छन्, ‘साँस्कृति र आफ्नो परम्परा जोगाउन यस्तो प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’ यस प्रतियोगितामा १५ देखि २५ वर्षसम्म नेवारी किशोरीहरुले मात्र भाग लिन पाउनछन् । ११३७ बाट हरेक वर्ष हुँदै आएको मिस नेवा केही समय हुन छाडेको थियो । अहिले पुन प्रतियोगिता गर्ने तयारी गरेको बताइएको छ । यस प्रतियोगिताको अडिसन दुई चरणमा हुने ताम्राकारले जानकारी दिए । प्रतियोगिताको फाइनल आउँदो साउन ३ गते विराटनगरमा हुनेछ । प्रतियोगिताको बिजेताले आकर्षण क्राउनको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । त्यसको साथै प्रतियोगिता टप फाइपमा पर्ने एक जनालाई मन्जिना मुभिजको आगमी चलचित्रमा अभियन गर्ने मौका दिने ताम्राकारको भनाई छ । प्रतियोगितामा भाग लिने चाहने किशोरीहरुको लागि विराटनगरमा रहेको मेलिना फोटो स्टूडीयो, क्रेटिभ हेन्ड, धरानमा रहेको मेक्ट्रो फुट फ्याक्ट्री र इटहरीको रुपकला मेकअप स्टूडियोमा फारम पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्