करिजम्याटिक मिस कोशीको पहिलो अडिसन सम्पन्न

करिजम्याटिक मिस कोशीको पहिलो अडिसन सम्पन्न

बिराटनगर जेठ २१ , करिजम्याटिक एड्भान्टेजद्वारा आयोजना गर्न लागिएको करिजम्याटिक मिस कोशीको पहिलो अडिसन सम्पन्न भएको छ । होटेल भेन्तुना बिराटनगरका सम्पन्न  भएको प्रतियोगिताको पहिलो अडिसनबाट १४ जना छानिएको कार्यक्रमकि संयोजक नितिक्षा पाठकले बताइन । पुर्वान्चलका बिभिन्नबाट आएका प्रतिस्पर्धीले अडिसनमा सहभागी भएको पाठकले जानकारी दिईन । करिजम्याटिक मिस कोशीको पहिलो बिजेता सन १९९८ मा कृति श्रेष्ठ , २०१५ मा सुशम केसी तथा २०१६ मा निरुता नेपाल बिजेता भएका थिए  । अडिसनमा निर्णायकको रुपमा करिजम्याटिक एड्भान्टेजका निर्देशक अम्लेश कर्ण , उद्योगी सुबोध कोइराला , कोरियोग्राफर सिमा कर्ण ,हिन्दुस्तान टाइम्स्का पत्रकार वरुण मिश्र, इन्द्रेश कर्ण, इभेन्ट कोअर्डिनेटर नरेश श्रेष्ठ रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्