‘धूमकेतु जोनसन’ धातु आज अहिलेसम्मकै नजिक आउने

<span class='c1'>‘धूमकेतु जोनसन’ धातु आज</span> <span class='c2'>अहिलेसम्मकै नजिक आउने</span>

काठमाडौँ । ‘धूमकेतु जोनसन’ नामको धूमकेतु पृथ्वीसँग पहिलो र अन्तिमपटक सोमबार अहिलेसम्मकै नजिक आउने भएको छ । यो धूमकेतु जेठ २२ गते सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने यो धूमेकतुले पृथ्वीसँगको पहिलो र अन्तिम साक्षात्कार गर्नेछ । क्षुद्र ग्रह र धूमकेतु सौर्यमण्डलको उत्पत्तिका अवशेष भएकाले यी पृथ्वीको नजिक आउँदा खगोलशास्त्रीका लागि पृथ्वीलगायत समग्र सौर्यमण्डलको थप अध्ययन अनुसन्धान गर्ने अवसर हुने नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
“यो धूमकेतु हाइपरबोलिक भएको हुनाले फेरि पृथ्वी नजिक आउने छैन । पृथ्वीको सबैभन्दा नजिक रहँदा यो लगभग १२, १३, ३९, ७८६ किमि
(०.८११ खगोलीय एकाइ)को दूरीमा रहनेछ,” अध्यक्ष भट्टराईले भन्नुभयो । उहाँले पृथ्वीदेखि सूर्यसम्मको दूरीलाई खगोलीय भाषामा १ खगोलीय एकाइ भनिने जानकारी पनि दिनुभयो ।
यस दुर्लभ खगोलीय घटनालाई नजिकबाट हेर्न चाहनेका लागि नासोले सोमबार जेठ २२ गते साँझ अङ्कुर विद्याश्रम विजयचोक, गौशालामा निःशुल्क अवलोकनको व्यवस्था गरेको छ । सो अवलोकन कार्यक्रममा पृथ्वीको चन्द्रमा, वृहस्पति ग्रह र यसका चार चन्द्रमाको पनि अवलोकन गराइने नासोका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्