‘स्कूल गट ट्यालेन्ट’को अडिसन जेठ २६ बाट हुने

‘स्कूल गट ट्यालेन्ट’को अडिसन जेठ २६ बाट हुने

विराटनगर, २२ जेठ ,  विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा लुकेर बसेका विभिन्न विधाका प्रतिभाहरुलाई खोजी गर्ने उद्देश्यले ‘स्कूल गट ट्यालेन्ट’ हुने भएको छ ।
सप्तक संगीत कला मन्दिर विराटनगरको आयोजनामा आउँदो जेठको २६ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा विद्यार्थीहरुले अभिनय, नृत्य, गीत, चित्रकला आदी प्रस्तुत गर्न पाउने अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा मोरङका विद्यालयमा अध्यनरत कक्षा तीन देखि दशसम्मका विद्यार्थीहरुले भाग लिन पाउनेछन् । प्रतियोगिताको पहिलो अडिसन जेठ २६ गते रङ्गेली, २७ गते उर्लाबारी÷पथरी, २८ गते लेटाङ्ग, असार २ गते विराटचोक र असार ३ र ४ गते विराटनगरमा हुने संगीत कला मन्दिरको सचिब ज्योती सुब्बाले बताए ।
प्रतियोगितामा तीन वटा चरणबाट छनौट भएका प्रतियोगि फाइनलमा पुग्नेछन् । फाइनलमा पुगेका प्रतियोगिहरुलाई विभिन्न विद्याका विज्ञ प्रशिक्षकद्धारा प्रशिक्षण दिने बताइएको छ । आयोजकले विधागत रुपमा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँको साथै आकर्षण ट्रफी प्राप्त गर्नेछन् । जस्तै, चित्रकला, नाटक, गीत, नृत्यमा प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिले छुटा छुटै रुपमा पुरस्कार प्राप्त गर्ने आयोजकको भनाई छ ।
प्रतियोगिताको सेमिफाइनल तथा फाइनलमा पुगेका प्रतियोगिहरुलाई विभिन्न एवार्डले समेत वितरण गर्ने भएको छ । जसमा बेस्ट फ्रेन्डसिप, मोस्ट डिसिपिलेन, बेस्ट कस्टम, बेस्ट टाइमिङ्ग लगयातको एवार्डहरु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्