मिस विश्वकर्माको पहिलो अडिसन पथरीमा

मिस विश्वकर्माको पहिलो अडिसन पथरीमा

विराटनगर २८ असार । मोनाली इन्टरटेन्मेन्टको आयोजनामा मिस विश्वकर्मा इन्टरनेशनलको अडिसन बुधबार मोरङको पथरीशनिश्चरे नगरबाट सुरु भएको छ ।
विश्वकर्मा समुदायको युवतीहरुसँग भएको प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता सुरु भएको हो ।
सो प्रतियोगितामा निशा गजमेर टाँडी मोरङ, सरिता विश्वकर्मा र रुष्मा पोर्तेल विर्तामोड झापा, शिखा विश्वकर्मा पथरी, रचना बराइली विर्तामोड, तविता रपाल पथरी, रिया लामगादे इटहरी, मेरिना दर्नाल दमक, जिना सेन्चुरी विर्तामोड, लक्ष्मी विश्वकर्मा इलाम, कल्पना विश्वकर्मा बुधबारे, सुष्मा विश्वकर्मा बेलबारी, मुना बराइली केर्खा, रोजिना विश्वकर्मा झिलझिले, पुनम रुचाल धनकुटा, रेखा ल्वागुन धरान दोस्रो चरणमा प्रवेश गरेका छन् । पथरीमा भएको अडिसनमा मोडल निराजन लुइटेल, कोरियो ग्राफर असिम श्रेष्ठ र व्युटिसियन बिजु श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
साउन ५ गते काठमाडौ, ७ गते पोखरा लगायतको स्थानमा अडिसन गरेर २५ जनालाई २५ दिन तालिपछि ‘टप १०’ छानिने आयोजक मोनाली इन्टरटेन्मेन्टका अध्यक्ष दीपक बराइलीले बताए । दश जनालाई भदौ २३ गते कत्तारको दोहामा लगेर मिस इन्टरनेशनलको फाइनल गरिने गायक समेत रहेका आयोजक समिर बिकले बताए । गत बर्ष मिस पूर्वाञ्चल विश्वकर्मा भएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्