बिराटनगरको गुरुकुलमा “लखन पटबारी” नाटक सुरु

<span class='c1'>बिराटनगरको गुरुकुलमा “लखन</span> <span class='c2'>पटबारी” नाटक सुरु</span>

 प्रेम देवान बिराटनगर २ साउन । बिराटनगर हाटखोला स्थित आरोहण गुरुकुलको शुसिला कोइराला नाटक घरमा ‘लखन पटबारी नाटक मञ्चन हुन थालेको छ । काठमान्डौका प्रबिण खतिवडाले नाटय रुपान्तरण र निर्देशन गरेको नाटक ‘लखन पटबारी १ साउनदेखी बिराटनगर गुरुकुलमा मञ्चन भईरहेको छ । हरेक दिन साँझ ५ बजे मञ्चन गरिने नाटक ‘लखन पटबारी आगामी साउन १५ गते सम्म मञ्चन हुने आरोहण गुरुकुलका अध्यक्ष भैरब अर्यालले जानकारी दिए । यमलोक , मत्र्यलोक अनि मरेका र ज्युँदा मान्छेको व्यवहारबारेको लोककथामा आधारित नाटक ‘लखन पटबारी' मा रामभजन कामत , बिकास पराजुली , रबिन चिमोरिया , अशोक गौतम , भरत कार्की राजेश ठाकुर लगायतले अभियन रहेको छ । जीउँदो मान्छेको ज्याद्रो भुमिका रामभजन कामतले र मैमत्त शासक यमराजको भुमिका बिकास पराजुलीले निभाएका छन् ।

जन्मेपछि मृत्यू अनिर्वाय भएकोले मान्छेले आफनो मानबियता छाडनु हुँदैन र सृष्टिको नियमलाई शक्त्तिशाली शासक नै नभएपनि उल्लंघन गर्न हुदैन सबैले पालना गर्नुपर्छ भन्ने सन्देश नाटक ‘लखन पटबारी' मा छ । यो नाटक राजनैतिक र समाजिक हास्य व्यंगले भरिपुर्ण छ । भर्खरै सम्पन्न स्थानिय निकायको चुनावमा पांउनुपर्ने मेयरको टिकटको हानथापको तीखो व्याङ्ग प्रहार पनि गरेको छ । विराटनगर महानगरपालीकाका नव निर्वाचित मेयर भिम पराजुली तथा उपमेयर ईन्दिरा कार्कीले पनि नाटक हेरेका थिए । कलाकार रामभजन कामतले मेयरको तीखो रुपमा व्याङ्ग प्रहार गरिरहदाँ मुुसुमुुसु हाँसिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्