भव्यताका साथ लिटल सुपर स्टारको ग्राण्ड फिनाले सम्पन्न ,उपाधी श्रृजा र ओमले चुमे

भव्यताका साथ लिटल सुपर स्टारको ग्राण्ड फिनाले सम्पन्न ,उपाधी श्रृजा र ओमले चुमे

प्रेम देवान ÷ विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले आयोजना गरिएकोे लिटील सुपर स्टार २०१७ को उपाधी सृजा शाक्य (गल्र्स) र ओम कुमार ठाकुर (व्वाईज) ले चुमेका छन् । उनीहरुले नगद ३१ हजार र एक बर्षे स्र्कलरसिप तथा विभिन्न अवार्ड समेत पाएका छन् । विराटनगरको होटल एसियाटिकमा भएको ग्रान्ड फिनालेमा गल्र्सबाट फष्ट रनरअप रुवी कुमारी ठाकुर र सेकेन्ड रनरअप वेदिका केसी भए भने व्वाईजतर्फ आकर्ष साह र सेकेन्ड रनरअप सुधिर साह भए । त्यसैगरी उनीहरुले ट्रफि पाउनुका साथै एक वर्ष पढ्नको लागी फ्रि स्कलरसिप पाएका छन् । दिप भिजन फिल्म एण्ड आर्ट एकेडेमिले आयोजना गरेको लिटील सुपर स्टार २०१७ को अन्य उपाधीको अवार्ड पाउनेहरुमा वेष्ट पर्फमेन्स सुधिर शाह, मष्ट व्यूटिफूल एण्ड मष्ट हेन्सम सृजा शाक्य र वन्र्स शर्मा, वेष्ट स्माईल स्वस्तिका कर्ण, वेष्ट ट्यालेन्ट स्वातिका भट्ट र रुवी कुमारी ठाकुर, फोटोजेनिक सम्भव श्रेष्ठ,मष्ट चार्मिङ्ग सृष्टि लामा, वेष्ट फे्रन्डसिप र मिस क्याटवक मेघना गौतम, वेष्ट डिसीपिलीन चार्वी अग्रवाल र प्रत्यूसा विस्वास, मष्ट कन्फिडेन्ट आध्या गुरागाई, वेष्ट पर्शानालिटी प्रियल अग्रवाल र विप्लव प्रधान भए भने भिवर्स च्वाईसमा रोहित गौतम र सृजा शाक्य भए ।

त्यसैगरी वेष्ट स्कीनमा साकुरा श्रेष्ठ, मष्ट पङच्वालिटी प्रजिसा थापा, बेष्ट इनोसेन्ट यश्वी श्रीवास्तव , त्यसैगरी वेष्ट प्यारेन्ट गाईड अवार्डमा भविभकला राई श्रेष्ठ र रमेश अग्रवाले पनि अवार्ड पाएका थिए । लिटील सुपर स्टार २०१७ को कोरियोग्राफि मोडल मोनिका लिम्बु र सिमरन ठकुरीले गरेका थिए । ग्राण्ड फिनाले निर्णक मण्डलहरुमा लोकगायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल, भिम विसी, फिल्म निर्माता कृषा चौलागाइ रहेका थिए । त्यसैगरी कार्यक्रमको प्रमुख अतिथी विराटनगर महानगरपालीकाका मेयर भिम पराजुली र विशीष्ट अतिथीमा उपमेयर ईन्दिरा कार्की र नायक प्रदिप बास्तोला, एवान ईन्टरटेडमेन्टका निर्देशक निराजन लुईटेल रहेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार रोशन नेपालीले बि बोईङ डान्स प्रस्तुत गरेका थिए त्यसैगरी गायक रामचन्द्र काफ्ले, जुनु रिजाल र भिम विसीले आफ्ना चर्चित गितहरु पस्केर उपस्थित आम दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रमको सभापतित्व मनिस काफ्ले गरेका थिए भने कार्यक्रमको संयोजक दिप श्रेष्ठले गरेका थिए । विद्यालयमा अध्ययन गर्दै आएका १० देखि १५ वर्ष उमेरका बालबालिकाको बृत्ति विकास गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितीका कविता कार्की काफ्ले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्