‘जुडुवा–२’ को पोस्टर सार्वजनिक

‘जुडुवा–२’ को पोस्टर सार्वजनिक

वरुण धवनको चलचित्र ‘जुडवा–२’ को ट्रेलर सार्वजनिक गर्नु अघि चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा वरुण दोहोरो भूमिकामा देखिएका छन् ।
पोस्टरलाई आरजे आलोकले रिलिज गरेका छन् । चलचित्रमा वरुण डबल रोलमा छन् । सँगै ज्याकलिन फर्नान्डिज र तापसी पन्नू उनको ‘लव–इन्ट्रेस्ट’ मा देखिएका छन् । चलचित्रमा सलमान खान पनि केमियो गर्दै गरेको देखिनेछन् ।
अनुपम खेर र राजपाल यादव सहायक भूमिकामा छन् । वरुणका बुवा डेविड धवनले नै चलचित्रलाई निर्देशन गरेका छन् । चलचित्र २९ सेप्टेम्बरमा रिलिज हुँदैछ ।
यो चलचित्रको ट्रेलर २१ अगस्टमा रिलिज गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्