बिराटनगर एयरर्पोटमा डोमेस्टिक फ्लाईट डिले भएपछी घण्टौं सम्म चिया पिउंदै क्यान्टिनमा साथी संग भए नभएको गफ लडाउंदै बसियो। सांझ ७ बजेपछी प्लेन स्केडुल आज रद्ध गरियो यानी अब काठमाण्डौ प्रस्थान नहुने कन्फर्म भयो। धरान घरवाट बिदा लिएर आईसकेकी म पुनः फर्कन चाहिन। एयर्पोट छेवैमा साथिको घर हुनाले उनलाई अघिनै म एकरात बास बस्न सक्ने संभावना बताईसकेकी थिएं।
हतार हतार भान्सा सकेर हामी दुबै लिभिङ रुम मा गफ्फिन थाल्यौं। त्यो बेला, होस्टल बस्दा ताकाको कुरा, आधारात मा तर्साएको कुरा, हस्पिटल मा कसरी मुर्दा जुरुक्क उठेको कुरा, चुडेल को पैतालाको छाप, राती एक्लै हिंडेको बेला अचानक लाईन जानू अन्त शरीर नभएको खाली हात मात्र अघि बढाएर खैनी मागे जस्तो देख्नु आदि इत्यादि कुरा गर्दै खुब स्वाद लिंदै हांस्दा हांस्दा १ बजायौं। भोलि त दुबै लाई गार्हो होला भनी मलाई साथिले पाहुना कोठामा लगेर सुत्ने बन्दोबस्त मिलाईदिई र उ आफ्नो बेडरुम तर्फ सुत्न गई।
म ढुक्क भएर मुलायम सिरक संगै बिस्तारा मा पल्टिएं। बेडलाई वरिपरि मच्छ्डदानी ले बेरिएको थियो, सफोकेट भएजस्तो फील भएपनी मस्त निन्द्रा पर्दा के मच्छर संग जोरि खोज्नु भनेर चित्त बुझाएं। सर्सर्ती आँखा घुमाएं,छेवैमा तामाको जग मा पानी राखिदिएका रहेछन्। म आफूलाई निर्धक्क र निडर सम्झेपनी आजभने कताकता भित्रैदेखि डर लागे जस्तो महशुस गरें अनि उठेर दुई घुड्की पानी पिएर बत्ति अफ गरेर जबर्जस्ति आँखा चिम्लिने कोशिश गरें।
रात निक्कै छिप्पिसकेको थियो, म झप्प्क्कै निदाएछु। सपना मा सिङ उम्रेका बिरमसान हरु मेरो मासु लुछेर खान्छु भन्दै हाङ~ हाङ गर्दै लामा लामा नङ्राले छेउ मै , एकदम नजिकै आए । अब मेरो आन्द्रा भुँडी छिदिलबिदिल पारेर खाने भए भन्दै म आत्तिए । बलजफ्ती बल निकालेर मरें ! मलाई मार्न लागे! भन्दै चिच्याउनु लाग्दा मेरा दुबै आँखा टड्कारो भएर खुल्यो।
जब ब्युझिएं साम्मुन्ने मेरो आँखा जुधाईरहेको पाएं एक बृद्द मान्छे बडो जोरले रिसाएर , यो मेरो बेड मा सुत्ने तं को होस? भने जस्तै गरि दुबै हाथ मेरो पाखुरा नजिक देखें। चाउरिएको अनुहार मा टोड्का परेका आँखा , ढाका टोपी लाएका थिए। मेरो हंसले ठाउँ छोड्यो, लप ढप लप ढप गर्दै गरेको मुटु निचोरियो।
शरीरमा रक्तसंचालन गर्ने शिरा र धमनी हरु एकदम संग सकमा गयो। स्वास प्रश्वास बन्द भयो, म गुहार माग्न छोडेर निलो कालो भएं। मेरो सब कन्सियस माईण्ड ले भन्दै थियो कि यस्तो बेला हात र खुट्टाका नक्कलस् हरु दबाउन पर्छ भनेर, म आफैले कोशिश गर्छु भन्दा भन्दै केही गर्नै सकिन।
सिर देखि पुच्छर सम्म पसिनाले निथ्रुक्कै भएं, कम्म्पित ओंठले हैट! हैट! को हो? को हो? भनें तर नाकाम रह्यो।
मर्नु भन्दा बहुलाउनु जाती लाग्यो अन्त जे पर्ला पर्ला भनेर कस्सेर सिरक फालें अनि आत्तिंदै बेडबाट भुइँ मा झरेर ढोकाको चुक्कुल खोल्न सफल भएं।
क्षणभरमै ती बुढा गायब भए। म अर्ध बेहोस भएं निकैबेर सम्म। घडी हेरे ४ बज्न लाग्या रहेछ। साथी लाई उठाउं त उनको श्रीमानले सुनेर के भन्लान् ? होस् बरु सोफामा बत्ती बालेर उज्यालो होउन्जेली कुर्छु भनेर निधो गरें।
त्यो दुई घण्टा बिताउन मलाई सार्है कस्ट भयो। बल्ल बल्ल साथिले ढोका खोली र मलाई देखेर छ्क्क परि।
ओई डल्ली ! के भो तिम्लाई। निद्रा लागेन के हो हं?
मैले केही नभए जस्तो गरि अलिकति अघाडी उठेछु भनें।
अनि उनलाई सोधें , ओई त्यो कोठामा बूढो मान्छे सुत्नुहुन्थ्यो हो?
उत्तर मा - हो त वहाँ को काका बस्नुहुन्थ्यो। ६ महिना भो बित्नु भएको।
अब पत्याईस भुत हुंदो रहेछ ? मेरो भित्री आत्मा ले खुच्चिङ गर्दै कानैनेर ठोक्किएर 'बुईस्' मारेर गयो।