‘स्कुल प्रिन्सेस २०१७’ पहिलो अडिसन भदौ ३१ मा

‘स्कुल प्रिन्सेस २०१७’ पहिलो अडिसन भदौ ३१ मा

विराटनगर २४ भदौ ।
स्कुल स्तरमा अध्ययनरत छात्रा विद्यार्थीहरुमा लुकेर बसेका भित्रि प्रतिभालाई प्रस्टफुटन गराउने उद्धेस्यका पहिलो पटक विराटनगरमा बौद्धिकताका सहितको सौर्दन्य प्रतियोगीताको पहिलो अडिसन यही भदौ ३१ गते हुने भएको छ ।
ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रालि विराटनगरको आयेजनाामो ‘स्कुल प्रिन्सेस २०१७’ हुन गईरहेको छ । ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्राली पत्रकार सम्मेलनको आयोजना गरी कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुले सहभागिता जनाउन सक्ने जनाएको छ ।
स्कुल स्तरका छात्राहरुमा भएको बौद्धिकता सहितको सौन्र्दय प्रतियोगीता गर्न लागेको ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रालिका चियरपर्सन ज्ञानेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । स्कुल प्रिन्सेसको पहिलो अडिसन आगामी भदौ ३१ गते विराटनगरको होटल श्रीकृष्ण पाटी प्यालेसमा हुने र दोस्रो अडिसन आगामी असोज ११ गते हुनेछ भने प्रतियोगीताको फाईनल भने आगामी कात्तिक ११ गते हुने मिडीया कोअडिनेटर प्रेम देवानले पत्रकार सम्मेलनमा जनाकारी दिए ।
स्कुल प्रिन्सेस प्रतियोगीताका विजेताले ताज सहित नगद ३० हजार रुपैया अन्य अवार्ड तथा गिफ्ट ह्याम्पर पाउने छन् भने फष्ट रनरअपले ताज सहित नगद २० हजार र सेकेन्ड रनर अपले १५ हजार पाउने छन् । साथै विजेताले एक बर्ष सम्मको लागी लाईफगार्ड हस्पिटलबाट निशुल्क स्वास्थ्य सेवा पाउनेछन् ।
प्रतियोगिताले छात्राहरुको रुप मात्रै नभई उनीहरुभित्र भएका क्षमता, दक्षता, प्रतिभा, वाकशक्तिलाई समेत पहिचान गर्दै विभिन्न क्षेत्रमा स्थापित गराउनुका साथै सामाजिक अन्तर्घुलन, अन्तरदेशीय सम्वन्ध, संस्कार, संस्कृति, भिन्न राष्ट्रिय पहिचानलाई एकताको सुत्रमा बाध्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको देवानले बताए । बौद्धिकता सहितको सौन्र्दय प्रतियोगीता ‘स्कुल प्रिन्सेस २०१७ को कोरीयोग्राफर सिमा कर्ण र प्रोगाम कोअडिनेटर नितिक्षा पाठक रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्