उसले अरूको घरको भकारो सोर्ने काम गरिन कि !ज्यालादारी मज्दुरी (धान रोप्ने काम) गरिन कि ! गिटी कुट्ने काम गरिन कि ! जुठा भाडा माझिन कि ! कति दिन भोकै बसिन कि ! यसरी कठिन परिश्रम गरेर पनि उसले छोरो हुर्काई पढाई लेखाई।
छोरोले पनि मिहेनत गरेरै पढ्यो।स्नातक सम्म अध्ययन गरी राम्रै जागिर खान थाल्यो।

लोग्ने भएर पनि नभए जत्तिकै थियो।उस्को लोग्ने अल्छे ,गजाडी र गफाडी मात्र थियो।नकमाउने छोरो भनेर सासुले उस्को छोरो, ऊ र लोग्नेलाई घरबड उठीबास लगाई।उस्को परिवारले सस्तो भाडामा थोत्रो घरमै गुजेरा चलायो।

छोराको बिहे गराई ।बुहारी पनि पढा लिखा नै थिई।

बुहारी झट्ट हेर्दा राम्रै देखिए पनि शील स्वभाव भने उस्ले बुझ्न सकेकी थिइन।तर पनि आफूले छोरी पाउन नसकेकी हुँदा ऊ बुहारीको औधी मायाँ गर्थी।
भात भान्सा देखि भाँडा चौका सबै काम आफै भ्याउथी।बुहारीलाई अलिकति हाछ्यू आउँदा पनि घरेलु औषधि तुलसी र अदुवाको झोल बनाएर “खाऊ बाबा फेरि निमोनिया होला नि !” भन्दै फकाएर खुवाउँथी ।बुहारी चै सासुलाई सघाउने त के कुरा कहिलेकाहीं लोक भोग हुँदा पनि आटको पाट चल्दिनथी।बरू छिमेकी की बुहारी आएर उसलाई सघाउँथी।”नपढेकी सासु भनेर हो कि !” किन हो उस्की बुहारी उसलाई औधी घृणा गर्थी।

बिस्तारै थाहा भो बुहारी घर परिवार भन्दा पनि आफ्नै रङ्गरमितामा रम्ने खाल कि रहिछ।सासुको माया ममता त के कुरा सामान्य आदर पनि नगर्ने रहिछ।एक कान दुईकान मैदान भने जस्तै उस्की बुहारीको चर्चा गाउँभरि हुन थाल्यो।

एक दिन उस्की छिमेकी दिदी ले उस्की बुहारीलाई सम्झाउँदै भनीन्:-“हेर नानी तिम्री सासुले तिम्रो पतिलाई बहुतै दु:खले हुर्काकी हुन् ,उनलाई तिमीले आमा समान मान्नु पर्छ, र धेरै मायाँ दिनु पर्छ है !”

“दु:ख त सबैका आमाले दुखैले हुर्काको हुन्छ !” भनेर जवाफ लगाई।

उसले त्यस पछि बल्ल थाह पाई “पढेका बुहारी पनि कस्ता हुँदा रहेछन् ?”

 

प्रतिक्रिया लेख्नुहोस