बिराटनगरमा हुने “म्युजिकल फेस्ट २०७४” को तयारी अन्तिम चरणमा

बिराटनगरमा हुने “म्युजिकल फेस्ट २०७४” को तयारी अन्तिम चरणमा

बिराटनगर कार्तिक ७  , बिराटनगरमा कार्तिक ९ गते हुने “म्युजिकल फेस्ट २०७४” को तयारी अन्तिम चरणमा पुगेको छ  । हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।  “म्युजिकल फेस्ट २०७४” मा  चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक  संदेश सुबेदी , उर्जा ब्याण्ड , गरिमा डान्स सेन्टर धरान र स्मृति ब्याण्डको प्रस्तुति हुने आयोजक संत्रो महतले बताए । बिराटनगर -१ जिल्ला प्रहरी कार्यालय छेउ बेलुकी ४ बजेबाट हुने उक्त कार्यक्रमको होस्ट मिस एस्एलसी धरान  २०१४ रिया बजाजले गर्ने छिन । कार्यक्रम हेर्न कुनै पनि प्रवेश शुल्क राखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्