बिराटनगरको सिटी सिनेमामा चलिरहेको "रानी" चलचित्रका कलाकार आज बिहान बिराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेज पुगेका छन् । चलचित्रकी नायिका मलिना जोशी , सारुक ताम्राकार लगायतका कलाकार मेरिल्याण्ड कलेज पुगेका हुन् । उनीहरुले बिद्यार्थीमाझ आफ्नो चलचित्र राम्रो बनेको हुदा हेरिदन आग्रह गरेका थिए । उनीहरु आज दिनभर बिभिन्न ठाउँ गएर चलचित्रको प्रचार गर्ने कार्यक्रम रहेको छ ।
दयाराम दाहालको निर्देशनमा बनेको उक्त चलचित्रमा मलिना जोशी , अनुप विक्रम शाही, सुशान खड्का, सारुक ताम्राकार लगायतको मुख्य भूमिका रहेको छ ।