स्कुल प्रिन्सेस २०१७ को फिनाले शनिबार बिराटनगरमा भव्यताका साथ हुने

स्कुल प्रिन्सेस २०१७ को फिनाले शनिबार बिराटनगरमा भव्यताका साथ हुने

ड्रिम्स मिडिया एण्ड ईन्टरटेन्मेन्ट मेनेजमेन्ट प्रालि विराटनगरले आयोजना गरेको ‘स्कुल प्रिन्सेस २०१७’ को फिनाले भब्य रुपमा शनिबार हुने भएको छ ।स्कुल स्तरमा अध्ययनरत छात्रा विद्यार्थीहरुमा लुकेर बसेका भित्रि प्रतिभालाई प्रस्टफुटन गराउने उद्धेस्यका पहिलो पटक विराटनगरमा बौद्धिकताका सहितको सौन्दर्य प्रतियोगीता हुन लागेको हो  ।

बिराटनगरको होटेल प्यासफिकमा शनिबार कार्तिक १८ गते हुने फिनालेमा स्कूल प्रिन्सेस प्रतियोगीताका विजेताले ताज सहित नगद ३१ हजार रुपैयाको साथै अन्य अवार्ड तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने फष्ट रनरअपले ताज सहित नगद २० हजार र सेकेन्ड रनर अपले १५ हजार पाउने ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रालिका पेरिस सुबेदीले  जानकारी दिए  । कार्यक्रममा गायक कमल खत्री आउने भएका छन्  । कार्यक्रमको प्रमुख अतिथिको रुपमा पुर्व सामान्य प्रशासन मन्त्री  लालबाबु  पण्डित रहने सुबेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्