भारतमा बाँदर पनि चुनावको मुख्य मुद्दा !!

भारतमा बाँदर पनि चुनावको मुख्य मुद्दा !!

बाँदर पनि चुनावको मुख्य मुद्दा बन्छ भनेको सुन्दा अचम्म नमान्नुस् । भारतको हिमाञ्चल प्रदेशका विभिन्न शहर र गाउँमा बाँदरको बढ्दो संख्या राज्यको चुनावको अहम् मुद्दा बनेको छ । राज्यको सत्तारुढ पार्टी कांग्रेस र बिजेपी दुबैले चुनाव प्रचारमा बाँदरको समस्या निराकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

राजधानी सिमलामा बाँदरको झुण्ड हरेक स्थानमा घुमी रहन्छ । जुन स्थानीयका लागि खतरनाक सावित हुन सक्छ । १० वर्षिय नीलम र उनको सानो भाई रोहितलाई घरबाट विद्यालय जान मुस्किल भएको छ । नीलम भन्छिन्, ‘‘बाटोमा अधिकांश समय बाँदर झुण्डमा हुन्छन् । बाँदरले हामीलाई लखेट्छन् र कहिले त झोला पनि खोसेर लगिदिन्छन् । झुण्डबाट पार लाग्न हामी कोही ठूलो मान्छे आउँछकी भनेर कुर्छौं । एक्लै जान त डर लाग्छ ।’’

शहरका घर, बजार, सडक र रुखमा हरेक स्थानमा बाँदर देखिने भएका कारण त्यस क्षेत्रका मासिनहरु बाँदरको ज्ञासमा छन् । शन्तराम र्मा भन्छन्, ‘‘बाँदरले मेरी बुहारीलाई लेखेट्दा उनी भुईमा खसिन र उनलाई बाँदरले टोक्यो । मेरो नातीलाई पनि बाँदरले लखेट्दै चिथोरिदियो ।’’

हिमाञ्चलमा बाँदरको संख्या अत्याधिक मात्रामा बढेको छ । बाँदर शहरबाट निस्केर हजारौं गाउँमा फलिएका छन् । उनीहरु फल–फसललाई नोक्सान पुर्याइ रहेका छन् । नमोल गाउँका किसान प्यारेलाल ठाकुरले पछिल्ला केही वर्षमा बाँदरको भलुण्ड ठूलो मात्रामा बृद्धि भएको छ । उनी भन्छन्, ‘‘बाँदर आँप, अम्बा, आनार, बदाम खाइदिन्छन् । अब त खेतमा मासको दालसम्म छोड्दैनन् । किसान बाँदरबाट धेरै प्रताडित भएका छन् ।’’

अर्का किसान भरत शर्माले भने, ‘‘बाँदरलाई के थाहा अदुवाको स्वाद भन्ने जस्ता उदाहरण अव लागु हुँदैनन् किनकी बाँदर अचेल अदुवापनि खान थालेका छन् ।’’
बाँदरको समस्यालाई लिएर अव राज्यको राजीनति र चुनावमा पनि गहिरो असर पड्दै गएको छ । आशन्न निर्वाचनमा उमेदवार रहेका बिजेपी नेता डा. प्रमेद शर्माृ भन्छन्, ‘‘किसनालाई बाँदरबाट हुने क्षति रोक्न बार र जालको ब्यवस्था नगरिए हिमाञ्चलका किसान अन्य राज्यमा झै आत्महत्या गर्न बाध्य हुनेछन् ।’’ राज्य सरकारले पनि बाँदरको बढ्दो संख्या रोकथामका लागि प्रयास गरेपनि सफल हुन सकेको छैन् । हिमाञ्चल प्रदेशको सत्ताधारी पार्टी कांग्रेसका प्रवक्ता नरेश चौहानले बाँदरको समस्या गम्भीर बन्दै गएको बताए । उनले भने, ‘‘हामीले केही गाउँमा बाँदर मार्न केन्द्र सरकारबाट अनुमति लिएका पथयौं तर मानिसहरुमा रहेको धार्मिक मान्यताका कारण बाँदर मार्ने अभियान अघि बढ्न सकेन् ।’’

हिमाञ्चल प्रदेशमा कांग्रेस र बिजेपी चुनाव जिते बाँदरको समस्या समाधान गर्ने प्रतिवद्धता जनाइरहेका छन् । तर उनीहरुसँग यो समस्या समाधान गर्ने कुनै ठोस उपाय भने छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्