जनताको घरमा नेता पुगेर काम गर्दिने , नाटक कि सेवा ?? (हेर्नुहोस तस्बिरहरु)

जनताको घरमा नेता पुगेर काम गर्दिने , नाटक कि सेवा ?? (हेर्नुहोस तस्बिरहरु)

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी निर्वाचन आयोगलाई मात्रै हैन हाम्रा नेताहरुलाई पनि मज्जाले लागेको छ । जनतामाझ कसरी राम्रो छबी बनाउने भनेर उमेद्वारहरु नया नया हत्कण्डाको प्रयोग गरिरहेका छन् । कोहि सामाजिक संजालबाट भोट मागी रहेका छन् भने कोहि जनताको घर , खेत मै पुगेर हलो जोत्ने , घास काट्ने काम गरेर मतदाता खुसी बनाउन व्यस्त रहेका छन् । भोट माग्ने बेला जनताको घर दैलोमा आएर नमस्कार गर्ने अनि चुनाब पछी अनुहार नदेखाउने रोग हाम्रा नेताहरुको पुरानै हो । अहिले पनि जनताको खेत र घरमा गएर काम गरिरहेका र भोट मागिरहेका बिभिन्न तस्बिर सामाजिक संजालमा  भाइरल भैरहेको छन् । हामीले केहि तस्बिर तल पोस्ट गरेका छौ । आखिर यो साचै सेवा हो कि नाटक ?

क्षेत्र ३ का उम्मेदवार शुनिल शर्मा धान काट्दै गरेकी महिलासँग भोट माग्न गएको बेला धान काटेर सहयोग गर्दै ।

तस्बिर : फेसबुक 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्