एक महिलाले ४ बच्चालाई जन्म दिइन

एक महिलाले ४ बच्चालाई जन्म दिइन

एजेन्सी । भारतीय राज्य बिहारको राजधानी पटनास्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स०मा बुधबार एक महिलाले ४ बच्चालाई जन्म दिएकी छन्।

नवजात बच्चामा तीन छोरी र एक छोरा छन् । समयपूर्व नै जन्मिएकाले उनीहरूलाई हाल ‘चाइल्ड केयर युनिट’मा राखिएको छ । एम्सकी महिला चिकित्सक एवं प्रसूति विभागकी प्रमुख डा। मुक्ता अग्रवालले उक्त जानकारी दिएकी छन् । अरवलको बम्बुई गाउँका बासिन्दा मुन्ना सावकी पत्नी रिंकु अनितादेवी पेटमा पीडा भएपछि तीन साताअघि उपचारका लागि अस्पताल आएकी थिइन् ।

साढे ६ महिनामा नै अनितालाई प्रसवपीडा सुरु भएको थियो । त्यसपछि मंगलबार अपरेशन गरिएको थियो । अपरेशनपछि उनले तीन छोरी र एक छोरालाई जन्म दिएकी हुन् । डा। अग्रवालले भनिन्, ‘एक बच्चाको तौल ८५० ग्रामभन्दा बढी छ भने अरू सबै त्योभन्दा कम तौलका छन् । सबै बच्चा स्वस्थ छन् ।’ समयभन्दा पहिले नै जन्मिएका हुनाले उनीहरूको उचित विकास नभएको अग्रवालले जानकारी दिइन् । ती सबै बच्चालाई खतरामुक्त नहुन्जेल भेन्टिलेटरमा राखिने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्