विराटनगर २२ पुस । चौथो संस्करणको एसबीएससी सिंगीन स्टारको सेमिफाइनलमा ३० जना छनौट भएका छन् । विराटनगरको जामुनगाछीमा रहेको मदरल्याण्ड एकाडेमी स्कूलमा शनिबार सम्पन्न भएको क्वाटरफाइनलमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगीहरु समेमिफाइलनमा छनौट भएका हुन् ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले जिल्लाभरीमा रहेको विद्यालयहरुमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने उद्देश्यले प्रत्येक वर्ष सिंगीन स्टार आयोजना गर्दै आएको छ । क्वाटरफाइनलमा ७४ जनाले प्रतिभा प्रस्तुत गरेकोमा उत्कृष्ट प्रतिभा देखाउने ३० जना समेफाइनलमा पुग्न सफल भएको सहकारीका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।
प्रतियोगिताको निर्णायकहरुमा गायक ज्योती सुब्बा, प्रवलदीप विश्वास, विश्वजीत चक्रवती र सुरज बानिया रहेका थिए भने प्राविधिकमा सुमन श्रेष्ठ र दिपेन थापा रहेका थिए ।
प्रतियोगिताको सेमिफाइनला पुस २९ गते मदरल्याण्ड एकाडेमा हुनेछ । माघ ५ गते विराटनगरको वीरेन्द्र सभा गृह हलमा हुने प्रतियोगिताको फाइनलमा बिजेता नगद २५ हजार रुपैयाँको साथ आकषर्ण ट्रफि प्राप्त गर्नेछन् । त्यस्तै फस्ट रनरअप र सेकेण्ड रनरअपले समेत क्रमशकः १५ र १० हजार रुपैयाँ प्राप्त गर्ने सहकारीले जनाएको छ । प्रतियोगिताको फाइनलमा १० जना प्रतियोगिहरु छनौटमा पर्नेछन् । फाइनलमा पुग्ने अन्य ७ जना प्रतियोगिहरुलाई नगद ५ हजार रुपैयाँ प्रप्ता गर्नेछन् ।