टेन एलाभेन लाउन्ज रेष्टुरेण्टमा आज अभिनास घिसिङको साँगीतिक प्रस्तुति

टेन एलाभेन लाउन्ज रेष्टुरेण्टमा आज अभिनास घिसिङको साँगीतिक प्रस्तुति

प्रेम देवान
विराटनगर २४ पुष । विराटनगरको महेन्द्र चोकमा रहेको टेन एलाभेन लाउन्ज रेष्टुरेण्टमा आज अभिनास घिसिङको साँगीतिक साँझको प्रस्तुति हुने भएको छ ।
विराटनगरमा काठमान्डौको झझल्को दिने किसिमको अत्याधुनिक सेवा सुविधा सहितको संञ्चालनमा आएको रेष्टुरेण्टमा आज सोमबार ४ बजे देखि गायक अभिनास घिसिङले आफ्नो प्रस्तुति दिने टेन एलाभेन लाउन्ज रेष्टुरेण्टका संचालक अमिस बरालले जानकारी दिए । साथै साँगीतिक साँझमा लाईनअप वेण्डको पनि प्रस्तुति रहने बराले आवर विराटनगरलाई जानकारी दिए ।
विराटनगरका जागरुक युवाहरुद्धारा सञ्चालित ‘टेन एलाभेन लाउन्ज’ नाम दिएर गत अग्रेजी महिनाको नयाँ वर्ष २०१८ सालको अवसरमा विराटनगरमा संञ्चालनमा ल्याइएका थिए ।
आफ्ना ग्राहकहरुलाई रेष्टुरेष्टमा खानपिनको साथ साथै लाईभ म्यूजिकलको भरपुर मनोरञ्जन प्रदान गर्न स्थानिय तथा राष्ट्रिय स्तरका गायक गायिका प्रस्तुति दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्