एसबीएस्सी सिंगीन स्टारको फाइनलमा १० जना छनौट, माघ ५ गते फाईनल

एसबीएस्सी सिंगीन स्टारको फाइनलमा १० जना छनौट, माघ ५ गते फाईनल

विराटनगर, २९ पुस । चौथो संस्करणको एसबीएससी सिंगीन स्टारको फाइनलमा १० जना छनौट भएका छन् ।
विराटनगरको जामुनगाछीमा रहेको मदरल्याण्ड एकाडेमी स्कूलमा शनिबार सम्पन्न भएको सेमिफाइनलबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरु फाइनलमा छनौट भएका हुन् ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले जिल्लाभरीमा रहेको विद्यालयहरुमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने उद्देश्यले प्रत्येक वर्ष सिंगीन स्टार आयोजना गर्दै आएको छ । ‘सेमिफानलमा ३३ जनाले प्रतिभा देखाएका थिए,’ सहकारीका अध्यक्ष विष्णु डंगोलले भने, ‘जसमध्धे उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने १० जना प्रतियोगि फाइनलमा पुगे ।’ प्रतियोगिताको फाइनलमा आगमी माघ ५ गते विराटनगरको वीरेन्द्र सभा गृह हलमा हुनेछ ।
सेमिफाइनलकोे निर्णायकहरुमा गायक ज्योती सुब्बा र सुरज बानिय रहेका थिए । फाइनलमा पुगेका प्रतियोगिहरुलाई आइतबारदेखि एक हप्ताको बन्द प्रशिक्षण दिने अध्यक्ष डंगोलले जानकारी दिए ।
प्रतियोगिताको फाइनलमा बिजेता नगद २५ हजार रुपैयाँको साथ आकषर्ण ट्रफि प्राप्त गर्नेछन् । त्यस्तै फस्ट रनरअप र सेकेण्ड रनरअपले समेत क्रमशकः १५ र १० हजार रुपैयाँ प्राप्त गर्ने सहकारीले जनाएको छ । प्रतियोगिताको फाइनलमा १० जना प्रतियोगिहरु छनौटमा पर्नेछन् । फाइनलमा पुग्ने अन्य ७ जना प्रतियोगिहरुलाई नगद ५ हजार रुपैयाँ प्रप्ता गर्ने सहकारीका सचिब नगेन्द्रप्रसाद ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्