फेसबुकमा पोस्ट गरिएको सेल्फीबाट यसरी पत्ता लाग्यो हत्यारा

फेसबुकमा पोस्ट गरिएको सेल्फीबाट यसरी पत्ता लाग्यो हत्यारा

अदालतले ब्रिटनीको हत्यामा उनकै साथी शायेनलाई दोषी ठहर गरेको छ । प्रहरीका अनुसार ब्रिटनी बेपत्ता हुनु एक दिनअघि शायेनले फेसबुकमा पोस्ट गरेको सेल्फीमा अनुसन्धान केन्द्रीत गरिएको थियो । उक्त सेल्फीमा दुवैजना थिए ।

प्रहरीको ध्यान एउटै कुरामा केन्द्रीत थियो, सेल्फीमा शायेनले लगाएको बेल्ट ब्रिटनीको शवसँगै बरामद भएको थियो । लामो अनुसन्धानपछि प्रहरीले ब्रिटनीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । ब्रिटनीले अन्ततः हत्या आफूले नै गरेको स्वीकार गरेकी हुन् ।

केही कुरामा आफूहरुबीच विवाद भएको र आफूले घाँटी थिचेर ब्रिटनीको हत्या गरेको बयान उनले दिइन् । सोही आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्