चर्चित कलाकारहरूकाे अभिनय रहेकाे ‘सरजमिन’ शनिबारदेखि विराटनगरकाे गुरूकुलमा मञ्चन हुने

चर्चित कलाकारहरूकाे अभिनय रहेकाे ‘सरजमिन’ शनिबारदेखि विराटनगरकाे गुरूकुलमा मञ्चन हुने

प्रेम देवान
विराटनगर ५ माघ । मण्डला थिएटर काठमाडौंको दोस्रो पूर्वाञ्चल नाटक यात्राका क्रममा भोली शनिबार देखि विराटनगरको आरोहण गुरुकुलमा नाटक सरजमिन मञ्चन गरिने भएको छ ।

अपराध नगरिकनै कसरी मानिस अपराधको जञ्जालमा फस्दै जान्छ भन्ने मुख्य विषयबस्तुमा केन्द्रित सरजमिनमा बुद्धि तामाङ विजय बराल, सोमनाथ खनाल, उमेश तामाङ, रञ्जना वली लगायतको अभिनय रहेको छ ।

नाट्य गतिविधिलाई गाउँस्तरसम्म र्पुयाउने उद्देश्यका साथ मण्डला थिएटर काठमाडौंले पूर्व विभिन्न सहरहरुमा नाटक मञ्चन गर्ने क्रममा विराटनगर आईपुगेको हो ।

पुस्कर शमशेरको कथा परिबन्धमा आधारित नाटक रंगकर्मी प्रवीण खतिवडाले तयार पारेका हुन्। आरोहण गुरुकुल विराटनगरमा माघ ६, ७ र ८ गते हरेक दिन २ शो १ र ४ बजे मञ्चन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्