प्रेम देवान
बिराटनगरका मिडियाकर्मी तथा कलाकार जतिन ताम्राकारले आफ्नो जन्मदिनको अबसरमा नयाँ संकल्प लिएर अगाडी बढेका छन् ।
लामो समय देखि आरजे हुदै भिजे सम्म आईपुगेको जतिन पल्लिो समय देखि नेपाmी सिन क्षेत्रमा पनि अगाडी बढिरहेका छन् । आगामी दिनमा पनि दर्शकको माया साथ पाउने बिस्वास लिदै आफ्नो दोश्रो चलचित्रको तयारीमा जुटेको आवर विराटनगर डट नेलाई जानकारी दिए ।
यसअघि उनले ‘बाह् नेपाली एक चिहान’ र ‘यो साइनो मायाको’ मा अभिनय गरिसकेका छन् भने म्यूजिक भिडीयोमा पनि रोलिङ गरिसकेका छन् ।
सोचे भन्दा धेरै माया पाएर उत्साहित भएका नायक ताम्राकारले अब आउने बर्षमा नेपाली चलचित्र‘ एकादशी ’ नामक एक फरक धारको बिषय बस्तु समेटिएको चलचित्र लिएर आउने बताएका छन् । कलाकारिताको नशा लागेका नायक जतिनलाई नेपाली चलचित्र क्षेत्रलाई सदाबहार माया गरिरहेने पनि बिस्वास र अठोट लिएका छन् ।
अब आउने चलचित्र एकादशीमा जतीनको साथ साथै रबिन्द्र झा, मनोज शाक्य ,सुभाष गजुरेल बसन्त भट्ट, रामभजन कामत लगायतका कलाकारहरु रहेकाछन् । तर चलचित्रमा भने अहिले सम्म नायिकाको टुङगो लगेको छैन ।
यसका लागी दुइ नायिकाको खोजी तिब्र रुपमा रहेको छ जतिनले बताए । एकादशी फिल्मको निर्देशन रबिन श्रेस्ठले गर्ने भएका छन् । करिब एक करोड को हाराहारीमा बन्ने एकाद्शी दर्शकहरुले २०७५ मा हेर्न पाउने जतिनले बताए । जतिनले लिएको नयाँ संकल्प र जन्मदिनको आवर विराटनगर डट नेटको तर्फबाट बदाई तथा शुभकामना व्याक्त गर्न चाहान्छौ ।