दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार विराटनगरका अग्रज पत्रकार शिवबहादुर कार्कीलाई

दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार विराटनगरका अग्रज पत्रकार शिवबहादुर  कार्कीलाई

विराटनगर, २० माघ ।
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले साहित्यकार अभि सुवेदी र पत्रकार शिवबहादुर कार्कीलाई पुरस्कृत गरेको छ । सुवेदीलाई ५१ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा, साहित्य पुरस्कार र कार्कीलाई २५ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो । सुवेदीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरे र कार्कीलाई पूर्व अर्थमन्त्री डा. रामशरण महतले दोसल्ला ओढाएर पुरस्कार प्रदान गरे ।
सुवेदीका पुत्रद्वय शरदराज र रुपक सुवेदीले पुरस्कारको स्थापना गर्नुभएको हो । सोही कार्यक्रममा साहित्यकार ज्ञानराज सुवेदीद्वारा लिखित ‘रुपान्तरण’ महाकाव्य राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले विमोचन गरे । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस युवानेता गुरुराज घिमिरे, पूर्वअर्थमन्त्री डा. रामशरण महत, उपकुलपति विष्णुविभू घिमिरेसहित पुरस्कृत व्यक्तिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्