द्वन्द्व निर्देशक खड्गीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले थाल्यो छानविन

द्वन्द्व निर्देशक खड्गीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले थाल्यो छानविन

काठमाडौँ । नेपाली कलाकारिता क्षेत्रका एक हस्ती तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले अनुसन्धान थालेको छ । खड्गीमाथि मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेको छ ।

केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जना उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको सूचना प्रहरीले पाएको थियो । त्यहीँ आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोेले उनीमाथि अनुसन्धान शुरु गरेको छ ।

द्वन्द्व निर्देशक राजेन्द्र खड्गीबारे अनुसन्धान भईरहेको पुष्टि गर्दै केन्द्रीय अनुसन्धान ब्यूरोेका निर्देशक (डीआईजी) पुष्कर कार्कीले  भने, ‘राजेन्द्र खड्गीसँग गएका ११ जना दक्षिण कोरियामा लुकेको सूचना आएको छ । हामीले प्रारम्भिक अनुसन्धान शुरु गरेका छौँ ।’ खड्गीसँगै एउटै टोलीमा गएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११  जना युवा–युवती कोरियामै रहेको प्रहरीको शुरुको अनुसन्धानमा छ ।

कलाकार राजेन्द्र खड्गीले रातोपाटीसँग कुरा गर्दै कोरियामा छाडेको भनिएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामालाई आफूले नचिनेको दाबी गरेका छन् । उनले भने, ‘तपाईंले लिएका नाम मैले कसरी चिन्नु ? अहिले गाडी चलाईरहेको छु, पछि कुरा गरौँला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्