कपिल शर्मा एकपटक फेरि टिभीमा फर्किने, ‘फेमिली विथ कपिल शर्मा’ शो आउदै

कपिल शर्मा एकपटक फेरि टिभीमा फर्किने, ‘फेमिली विथ कपिल शर्मा’ शो आउदै

टेलिभिजनका कमेडी किङ्ग कपिल शर्मा एकपटक फेरि टिभीमा फर्किने भएका छन् । केही समय अघि कपिलले उक्त टिभी शो को प्रोमो जारी गरेका थिए । जसमा उनी सोनी टेलिभिजनको कार्यालय जान ट्याम्पो खोज्दै कमेडी गरिरहेको अवस्थामा देखिएका थिए ।

प्रोमोमा नयाँ टिभी शोको नाम नबताइएपनि अहिले आएर कपिल स्वयम्ले नयाँ टिभी शो को नाम खुलासा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकको लाईभ च्याटमा कपिलले नयाँ शो को नाम ‘फेमिली विथ कपिल शर्मा’ राखिने खुलासा गरेका हुन् ।

कपिलले पछि गएर टिभी शो को नाम परिवर्तन हुन सक्ने समेत बताएका छन् । यसअघि उनले ‘द कपिल शर्मा शो’ नामक टिभी शो का माध्यमबाट दर्शकलाई मनोरञ्जन दिएका थिए ।

भारतीय सञ्चार माध्यमहरुमा प्रकाशित खबर अनुसार कपिलको नयाँ शो मा सुनील ग्रोवर हुने छैनन् । यद्यपि सुनिल टिभी शो मा समावेश हुने नहुने बारेमा कुनै आधिकारिक पुष्टि भने भइसकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्