यस्तो छ मोदी देखि मार्क जुकरवर्ग सम्मको प्रेम कहानी

यस्तो छ मोदी देखि मार्क जुकरवर्ग सम्मको प्रेम कहानी

एजेन्सी । प्रेम मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्राणी जगत्मा प्रेम अपरिहार्य मानिन्छ । अझ मानव समाजमा प्रेमको महत्व एकदमै रहेका छन् ।

उमेर पुगेका व्यक्तिमध्ये कसैको प्रेम विवाहमा परिणत हुनसक्छ भने कसैको सम्बन्ध विच्छेद पनि हुनसक्छ । विश्वमा चर्चित व्यक्तिहरू पनि प्रेममा पर्ने मात्र नभई वैवाहिक जीवनका आरोह–अवरोहहरूका कारण चर्चामा छन् । यो दुनियाँ प्रेममानै अडिएका छन् । सामान्य देखि विश्व चर्चित नेता, शासक, सेलिब्रेटी, लगायतका  व्यक्तिहरू प्रेम र वैवाहिक जीवनका कारण चर्चामा आउँछन् । विश्वविख्यात दार्शनिकदेखि शासक तथा नेताहरूको प्रेम एवं वैवाहिक जीवन विश्वभर चर्चाको विषय बनिरहेका हुन्छन्  ।

मार्क जुकरवर्ग: फेसबुकका मालिक मार्क जुकरवर्ग यतिबेला विश्वका धनाढ्य व्यक्तिहरूको सूचीमा सूचिकृत छन् भने उनको चर्चा विश्वका करोडौं मानिसबीच हुन्छ ।  सन् २००३ मा बोस्टनमा एक पार्टीमा जाने क्रममा वेटिङ लाइनमा प्रिसिला चान नामकी युवतीसँग चिनाजान गरेका मार्कले तिनै युवतीसँग विवाह गरे ।

हार्वड युनिभर्सिटीमा सँगै पढेका मार्क र चान मार्क अर्बपति भैसक्दा पनि छुट्न सकेनन् र अन्त्यमा विवाह नै गरे ।

डोनाल्ड ट्रम्प:  अमेरिकाको रास्ट्रपति डोनाल्ड ट्रम्पले  अहिलेसम्म तीन जनासँग विवाह गरिसकेका छन् । उनका पाँच जना छोराछोरी तथा आठ नातिनातिना छन् । ट्रम्पकी जेठी श्रीमती इभाना जेलनिकोभा हुन् । उनी चेक गणतन्त्रकी चर्चित मोडल तथा खेलाडी थिइन् ।  इभानाबाट तीन सन्तान जन्मिएपछि ट्रम्पले सन् १९९० मा उनीसँग सम्बन्ध विच्छेद गरे ।  पहिलो सम्बन्धविच्छेदको तीन वर्ष बित्न नपाउँदै ट्रम्पले सन् १९९३ मा नायिका मार्ला म्यापल्ससँग विवाह गरे ।

मार्ला म्यापल्ससँग पनि उनको सम्बन्ध टिकेन । एक छोरी जन्मिएपछि उनीहरूले सन् १९९९ मा सम्बन्ध विच्छेद गरे । ट्रम्पकी हालकी श्रीमती पेशाले नर्स हुन् तर अहिले उनी मोडलिङमा सक्रिय छिन् । फस्र्ट लेडी भएर साम्राज्य जमाइरहेकी ट्रम्पकी तेस्री श्रीमतीको नाम मेलानिया नउस हो । आफूभन्दा करिब २० वर्ष कान्छी मेलानियासँग ट्रम्पको विवाह सन् २००५ मा भएको थियो । मेलानियाको कोखबाट अहिले ब्यारन विलियम नामका एक छोरा छन् ।

नरेन्द्र मोदी: भारतीय प्रधानमन्त्री  मोदीसँग विदेश भ्रमणमा जाँदा होस् वा कुनै सार्वजनिक समारोहमा कुनै ‘फस्र्ट लेडी’ हुँदिनन् । मोदीको विवाह भएर सम्बन्धविच्छेदजस्तै भएको वर्षौं बितिसकेको छ । सन् १९६८ मा १७ वर्षको उमेरमा मोदीसँग विवाह गरेकी जसोदाबेन अहिले मोदीको साथमा छैनन् । अवकाश प्राप्त शिक्षिका जसोदाबेन विवाह भएको केही महिना मोदीसँगै रहे पनि त्यसपछि एकाएक अलग्गिएकी थिइन् । सामान्य परिवारकी जसोदालाई मोदीले नै बेवास्ता गरेको बताइन्छ ।

भ्लादिमिर पुटिन:  विश्वकै धनी राष्ट्रपतिका रूपमा समेत चिनिएका पुटिनको पनि पहिलो विवाह सफल हुन सकेन । सोभियत संघको गुप्तचर निकायमा आबद्ध भएका बेला सन् १९८३ मा एयरहोस्टेज लुडमिला सक्रेब्नेभासँग विवाह गरेका पुटिनको उक्त वैवाहिक जीवन सन् २०१४ मा टुट्यो ।

पार्टीमा सामान्य परिचय भएपछि विस्तारै सम्बन्धलाई गाढा बनाएका उनीहरूले अन्तत: विवाह नै गरे । दुई सन्तान भैसकेपछि यो जोडीको वैवाहिक जीवन टुङ्गियो । विभिन्न संचारमाध्यममा आएका समाचारअनुसार पुटिन एक रुसी महिला सांसद अर्थात् खेलाडी एलिना काव्ययेभासँग नजिकिएको थाहा पाएपछि लुडमिलाले पुटिनसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेकी थिइन् ।

राजकुमार ह्यारी:  बेलायती राजकुमार ह्यारीको प्रेम र विवाहका बारेमा पनि मिडियाहरुमा  दिइरहेका  हुन्छन  । मिजासिला, ह्यान्डसम एवं स्मार्ट ३३ वर्षीय ह्यारीको प्रेम सम्बन्ध अमेरिकाकी टेलिभिजन स्टार मेघान मार्केलीसँग जोडिएको छ । सन्डे एक्सप्रेस नामक अखबारले मार्केली र ह्यारी डेटिङमा रहेको समाचार ब्रेक गरेपछि उनीहरूबीचको सम्बन्ध सार्वजनिक भएको थियो । उमेरका हिसाबले ह्यारीभन्दा करिब तीन वर्ष जेठी मेघानले सन् २०११ मा ट्रिभोर इन्जिलसनसँग विवाह गरेर २०१३ को अगस्टमा सम्बन्धविच्छेद गरेकी थिइन् । सम्बन्धविच्छेदपछि एक्लै बस्दै आएकी मेघान ह्यारीसँग गहिरो प्रेम सम्बन्धमा रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्