विराटनगरमा साँझ परेपछि सल्वलाएको प्रेम

विराटनगरमा साँझ परेपछि सल्वलाएको प्रेम

प्रेम देवान
विराटनगर ३ माघ ।
बुधवार प्रेम दिवस थियो । सबै आ–आफ्नै सुरमा थिए । कोही आफन्तसँगको घुमघामको चक्करमा अनी कोही नव आगन्तुक मित्रको प्रतिक्षामा देखिन्थे । त्यस्तैमा दिनभर नै बित्दैथियो । त्यती रौनक नदेखिएको भएपनि दिनभर जसरी मैले प्रेम दिवसको दिन प्रेमिल जोडीले मायाँ साटासाट गर्लान् मिठा-मिठा कुरा गर्लान् अनी प्रेमालाभ लिन्छन् भन्ने सोचेको थिएँ तर खासै उल्लास देखिएन ।
दिनभरको धुलोका कारणले तनावका विचमा साँझको समयमा बिराटनगरको मुख्य बजारतिर यसो टहलिन निस्कँदै थिएँ । हुन पनि मलाई के लागि रहेको थियो भने बिराटनगरमा दिउँसो नदेखिएको चहलपहल साँझ देखिन्छ की देखिँदैन भन्ने । जब साँझ ढल्दैगयो अनि छिटपुट रुपमा जोडीहरु सल्वलाउन थाले । दिनभरीको त्यो धुले प्रेम दिवस मनाउनुभन्दा त बरु बेलुकी पख नै मनाउने सुरले पनि होला ।
हुन पनि हो जाडो महिनाबाट गर्मी महिनाको मौसम परिवर्तन हुनैलाग्दा बिराटनगरका बजारहरु धुलाम्मे छन् अझ बेला-बेला चल्ने हावाले त थप पिडा दिन्छ । अहिले विराटनगरमा न तातो घाम छ, न त पुरै जाडो नै । मौसम अहिलेलाई ठिक्कको छ । अझ बाहिरबाट आउने आगन्तुकहरुको लागि त झनै यो मौसम सहि छ भन्न सकिन्न ।
यसपालीको प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे विराटनगरमा अलिक फरक नै देखियो । प्रेम दिवस मनाउनेहरुले सामाजिक संञ्जाल र मोवाईलबाट नै प्रेम दिवसका शुभकामना दिन भ्याए भने कतिपयले प्रत्यक्ष रुपमा भेटेर भ्यालेनटाईन डे मनाएको दृष्य मेरा क्यामेरामा कैद हुन पुगे ।
प्रेम दिवसका दिन विराटनगरका केही होटल तथा रेष्टुरामा जादाँ हामी पुग्नुभन्दा पहिला नै जोडीहरुले माया साटासाट गरिरहेका थिए । ति दृश्य पनि मैले कैद गर्न भ्या एँ । कतिपय जोडीले फोटो खिच्न अनुमति दिए भने कतिपय नखिचौँहोला भन्दै टाढिन खोजे । लामो समयपछिको मेहनतबाट बल्ल परेको लव फोटो खिच्ने मन पनि छ, मनमा डर छ भन्दै थिए एक नव प्रेम जोडी । तर विराटनगरमा विहानी र दिउसो नदेखिएको यस्ता जोडी साँझ पर्दै जादा खुलेरै हिडेको पनि दखियो ।
कुनै बेला विराटनगरमा पनि भ्यालेन्टाईन डेको दिन विशेष सांगितक कार्यक्रम हुने गर्दथ्यो । तर पछिल्ला बर्षहरुमा यस्ता कार्यक्रमहरु पातलिँदै गएका छन् । प्रेम दिवसका दिन विराटनगरमा रहेको सहिद मैदान, एक्वा पार्क, फन एण्ड फुट रिर्सोट, नमस्कार होटलको मैदानमा विशेष साँस्कृतिक माहोल छाउने गर्दथ्यो तर यो बर्ष देखिएन ।
यस्ता कार्यक्रमहरु अहिले सिमित होटल तथा रेष्टुरामा मात्र हुने गर्दछ । विराटनगरमा भ्यालेनटाईन डे का दिन भ्यालेन्टाई क्याफे , मण्डला रेष्टुरेण्ट एण्ड बार, ह्यारिशन होटल, स्माइली क्याफे, टेन्स एलाभेन रेष्टुरा, पर्पलहेज, मेनु क्याफे जस्ता रेष्टुरामा विशेष किसमले सजाईएका होटलहरुमा लाईभ म्यूजिकका कार्यक्रमहरु देखिन्थे । लाईभ म्यूजिक कार्यक्रमहरुमा कतिपय जोडी थिए भने कतिपय परिवारिक मनोरञ्जनमा झुम्दै गरेका प्रेम दिवस मनाउन आएकाहरु देखिन्थे ।


खासगरी प्रेममा परेका अनि पर्न लागेका किशोर किशोरीहरुले प्रेम दिवसलाई मनाएको देखियो । कलिला किशोर किशोरीलाई यो दिवसले साँझको समयमा बढी नै छोएको थियो । अहिले मायाँ प्रेम गर्नको लागि भेटिनु नै नपर्ने गरी प्रबिधिको विकासको क्रमले पनि बाजारमा बढी चहल पहल नभएको हुन सक्ने बताउनेहरु पनि भेटिए । साँझका चहल पहलले मलाई पनि छुट्टै आनन्द दिईरहेको थियो । मायाँ भनेको त पारिवारिक पनि त हो, अनी प्रेमी प्रेमिका बिचको मायाँ प्रेम भन्दा पारिवारिक जमघटले असली प्रेमको आभाष दिईरहेको थियो । अग्रेजी महिनाको फ्रेब्रुअरी १४ तारिखका दिनलाई प्रेम दिवस मनाईन्छ ।
विश्वभरका प्रेमजोडी अर्थात प्रेममा बाँधिन चाहनेले मात्र हैन विवाह गरेका विवाहित जोडीले पनि यो दिवस विशेष रुपमा मनाउँदै आएको पाईयो । यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ । तत्कालिन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७०को फेब्रुअरी १४मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्