विराटनगरमा सुमेरुको अन्तर विद्यालय नाटक उत्सव हुने

विराटनगरमा सुमेरुको अन्तर विद्यालय नाटक उत्सव हुने

विराटनगर ८ फागुन ।

विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिने उद्देश्यले मोरङ जिल्ला स्तरिय अन्तर विद्यालय नाटक प्रतियोगिता तथा उत्सव आयोजना गरिने भएको छ ।
जेठ ४ गतेदेखि विराटनगरमा आयोजना हुने वाइवाई नाटक उत्सव १० दिनसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष सुवलमणी सापकोटाले जानकारी दिनुभयो । सुमेरु कला सरोवर ललितपुरको आयोजनामा हुने प्रतियोगितामा सहभागि गराउन विभिन्न विद्यालयका विद्यार्थीहरूलाई मङगलबार देखि विराटनगरमा प्रारम्भिक प्रशिक्षण सुरु गरिएको छ ।
विराटनगरको पुष्पलाल चोक स्थित एकिकृत घिमिरे कल्याण भवनको हलमा सुरु भएको प्रशिक्षणमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरूले भाग लिएका छन् । कार्यक्रमको उद्घाटन राष्ट्रियसभा सदस्य खेम नेपाली, कलाकार भरत गुरागाई, पारस थापा, प्रेमलाल सिंह सुवाल लगायतले गरेका थिए । तिन दिन सम्म सञ्चालन हुने प्रशिक्षणको सहजिकरण शिल्पी थियटर काठमाण्डौंका सविन कट्टेलले गरिरहेका छन् । मोरङलाई विभिन्न ६ वटा व्लकमा विभाजन गरी हरेक स्थानमा तीन÷तीन दिन प्रशिक्षण दिइने आयोजक संस्थाले जानकारी दिएको छ । विराटनगरको पुष्पलाल चोकमा फागुन ८ गतेदेखि प्रशिक्षण सुरु भइसकेको छ भने मिल्स एरिया क्षेत्रका विद्यार्थीहरूलाई पनि फागुन ११ देखि १३ गतेसम्म प्रशिक्षण दिइने छ ।
यस्तै मोरङको सुन्दरहरैंचा, वेलवारी क्षेत्रका विद्यार्थीलाई फागुन २० देखि २२ गतेसम्म , पथरी, उर्लावारी क्षेत्रका विद्यार्थीलाई फागुन २३ देखि २५ सम्म र रंगेलीमा २८ देखि ३० गतेसम्म प्रशिक्षण आयोजना गरिनेछ । पहिलो चरणको प्रशिक्षण पछि नाटकमा रुचि भएका विद्यार्थीहरू दोस्रो चरणको प्रशिक्षणमा सहभागि हुनेछन् । दोस्रो चरणको प्रशिक्षण चैत र वैशाख महिनाभर आयोजना गरीने सापकोटाले जानकारी दिनुभयो ।
दोस्रो चरणको प्रशिक्षणमा सहभागि विद्यार्थीहरूले विद्यालय स्तरमा नाटक निर्माण गरि जेठ ४ गतेदेखि आयोजना हुने प्रतियोगितामा विद्यालय स्तरबाट सहभागि हुने छन् । सहभागिहरु मध्ये उत्कृष्ट १० भित्र पर्ने विद्यार्थीहरूलाई विधागत रुपमा पुरस्कार तथा ट्रफि प्रदान गरिने छ । यस्तै १० जना विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले छात्रबृत्ती पनि प्रदान गरिने अयोजक सुमेरुकला सरोबरले जनाएको छ । नाटक महोत्सवको वाइवाइ चाउचाउले प्रयोजन गरेको छ भने सहआयोजक प्याब्सन मोरङ रहेको छ । गत बर्ष पनि सुमेरु कला सरोबरले सुनसरीमा नाटक महोत्सवको अयोजना गरेको थियो । सुमेरु कला सरोवरले देशका ७७ वटै जिल्लामा नाटक जागरण अभियान आयोजना गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्