पाँचथरको फिदीममा अन्तराष्ट्रिय केलाङ(च्याब्रूङ नाच) महोत्सव

पाँचथरको फिदीममा अन्तराष्ट्रिय केलाङ(च्याब्रूङ नाच) महोत्सव

पाँचथर,९ फागुन ।  पाँचथरको सदरमुकाम फिदीममा अन्तराष्ट्रिय केलाङ(च्याब्रूङ नाच) महोत्सव सुरुभएको छ ।

महोत्सव सोमबारदेखि सुरुभएको हो । मंगलबार महोत्सवमा भारतको सिक्किम, दार्जिलिङ र  नेपालका विभिन्न जिल्लाहरुबाट सहभागी केलाङका टोलीले  केलाङ(च्याब्रूङ नाच) प्रदर्शन गरेका छन् ।

फिदीम बजार परिक्रमा गरेर स्थानीय  फिदीम माविको खेलमैदानमा नाच प्रदर्शन गरिएको हो । केलाङ(च्याब्रूङ नाच) मा सहभागी टोलीले समूहगत र सामूहिक नाच प्रस्तुत गरेका थिए ।

महोत्सवमा च्याबू्रङसँगै सिलामसाक्मा, लिम्बू भेषभूषा, ऐतिहासिक तस्बिर र मौलिक परिकारहरु राखिएको छ । लिम्बू जातिको मौलिक बाजा तथा नाचको रुपमा परिचित च्याबू्रङ नाचको प्रबद्र्धनका लागि आयोजना गरिएको महोत्सव जिल्लामा पहिलोपटक आयोजना गरिएको हो । महोत्सव केसाम र केलाङको बारेमा कार्यपत्र प्रस्तुत गर्दै बुधबार सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्