कविता : पापी शासक – नानि भारद्वज

<span class='c1'>कविता : पापी शासक</span> <span class='c2'>– नानि भारद्वज</span>

पापी शासकहरु
सत्ताको नसामा 
मत्ता भएछन्
अबोध वालक
अनि वृद्धवृद्धालाई
आतङ्ककारीको
बिल्ला भिराउँदै
कुल्चदै नरसंहार
मच्चाइरहेछन्।

थुक्क ! नरभक्षी शासकहरु हो !
धिक्कार छ तिम्रो जन्मलाई
तिम्रो सोते प्रजातन्त्र
अनि कथित सम्बृद्ध पद्धतीलाई
तिम्रा खुनी नङ्ग्राले
तिम्रै आमा बाउ
दाजुभाई दिदी बैनीको
गला रेटी कत्लेआम
गर्दो रहेछ
तिम्रो खुनी सत्ता जोगाउन
सुत्केरी आमाको अस्मिता
आफैले लुट्तो रहेछौ।

धन्य छ ! पाश्चात्यको
महिमा गाएर
नथाक्ने तिम्रो
साम्राज्यवादी डम्फू
मानव अधिकारको
गाना गाएर
मानव कै गला
दिन दहाडै घोटिरहेछ
गला घोटिरहेछ
वाल वृद्धहरुको
खुन पिइरहेछ
खुन पिइरहेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्