बिराटनगर फाल्गुन २३, म्यानमार हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस्टर इन्टरनेश्नल’ मा नेपालबाट बिराटनगरका युवा साजिद आलमले प्रतिनिधित्व गर्ने भएका छन् । साजिद भर्खरै म्यान हन्ट नेपाल २०१७ का सेकेन्ड रनर अप बिजेता हुन् ।
म्यानमारमा हुने मिस्टर इन्टरनेसनल २०१८ प्रतियोगिताको १२ औँ संस्करण हो । नेपालको लागि भने यो प्रतिनिधित्वको पहिलो अवसर रहेको छ ।
यो पटक प्रतियोगिता म्यानमारको नेसनल थिएटर अफ आयोजना हुँदैछ । अप्रिल ३० को दिन हुने फिनालेमा ३० प्रतिस्पर्धी हुनेछन् । विजेतालाई मिस्टर इन्टरनेसनल २०१७ पल इस्कन्दरले ताज पहिराउने छन् । उनि पुर्वान्चल कलेज प्रिन्स र प्रिन्सेसका निर्देशक पनि हुन् ।