भारतमा मःम बेचेरै नै एक नेपाली बने करोडपति !

भारतमा मःम बेचेरै नै एक नेपाली बने करोडपति !

परिवारलाई सघाउन सुरु गरेको मःम व्यापारबाट नेपाली युवा विनोद हुमागाइँ करोडपति भएका हुन् ।

पुख्र्यौली घर काभ्रेको धुलिखेल भएका विनोद कोलकातामा मःमको व्यापार गरेरै करोडपति बनेका छन् ।

सन् २००८ मा विनोदले कलेज सहपाठी सागरसँग मिलेर खोलेको मःम व्यापारले अहिले उनलाई करोडपति बनाएको छ ।

उनले सुरु गरेको मःम व्यापार भारतमै अहिले अत्यधिक लोकप्रिय ‘वाउ मःम’ ब्रान्डकोरुपमा प्रसिद्ध छ । कोलकातामामात्रै विनोदको ‘वाउ मःम’ ब्रान्डका ७४ ओटा मःम पसल छन् ।

त्यस्तै, वेस्ट बंगाल, हरियाणा, दिल्ली, कर्नाटका, उडिसा, उत्तर प्रदेश, चेन्नइलगायतका ९ ओटा प्रान्तमा १६० ओटा मःम पसल विनोदको कम्पनीले सन्चालन गरिरहेको छ ।

सुरुमा कोलकाताको बालठोनीस्थित कम्प्लेक्सको एउटा सानो कोठामा ३० हजार भारुबाट सुरु गरेको व्यापार अहिले २३० करोडमा पुगेको सन्चालक विनोद हुमागाइँ बताउँछन् ।

वाउ मःम फुड्स प्राइभेट लिमिटेड कम्पनीको नामबाट सन्चालन गरिएका १६० ओटा मःम पसलमा करिब १ हजार ८०० जनाले रोजगारी पाएका छन् ।

सुरुमा सबै कामदार नेपाली नै राखिएपनि शाखा विस्तार हुँदै गएपछि भारतीयहरुलाई पनि काममा राख्नुपरेको विनोद बताउँछन् ।

उनले अब बंगलादेशमा पनि शाखा खोल्ने तयारी गरेको छन् । त्यसपछि नेपालमा पनि मःम पसल खोल्ने योजना कम्पनीको छ ।

विनोदलाई सन् २०१६ मा भारत सरकारले राष्ट्रिय पुरस्कारबाटसमेत पुरस्कृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्