आरोहण गुरुकुल विराटनगरमा मंगलबारदेखि एन्टीगोनी नाटक मन्चन हुने

आरोहण गुरुकुल विराटनगरमा मंगलबारदेखि एन्टीगोनी नाटक मन्चन हुने

विराटनगर फाल्गुन २८ , आरोहण गुरुकुल विराटनगरमा मंगलबारदेखि नाटक एन्टीगोनी मञ्चन हुने भएको छ । ग्रीसेली नाटककार सोफोक्लिजद्वारा लिखित तथा राजन खतिवडाद्धारा निर्देशित नाटक एन्टिगोनी मण्डला थिएटरले आरोहण गुरुकुल र हामी युवाको संयुक्त आयोजनामा हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गर्न लागेको हो । एन्टीगोनीलाई उत्कृष्ट दुखान्त नाटकमध्येको एक मानिन्छ । यही नाटकको नेपाली एडप्टेसन एन्टीगोनी मंगलबार, बुधबार र बिहिबार दिउँसो १ बजे र साँझ ५ बजे मञ्चन गर्न लागिएको हो ।

नाटकमा सृजना सुब्बाले एन्टिगोनीको चरित्र निभाएकी छन् । नाटकमा सृजनाबाहेक रञ्जना वली, सोमनाथ खनाल, विकास जोशी, प्रदिपकुमार चौधरी, उमेश तामाङ, अनुजा अधिकारी, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन । नाटकलाई सोमनाथ खनाल र विक्रम परियारले अनुवाद गरेका हुन । यसअघि काठमाडौमा मञ्चन भईसकेको सो नाटक भारतमा आयोजित थिएटर ओलम्पिक्समा पनि मञ्चन गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्