शुटिङका क्रममा ढले अमिताभ , जोधपुरमा उपचार हुँदै

शुटिङका क्रममा ढले अमिताभ , जोधपुरमा उपचार हुँदै

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चन फिल्म शुटिङका क्रममा विरामी परेका छन्। आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को शुटिङमा व्यस्त अमिताभ मंगलबार विहान अचानक शुटिङ सेटमै ढलेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार विहान ३ बजेसम्म शुटिङ गरेका अमिताभले ५ बजे आफ्नो ब्लगमार्फत स्वास्थ्य अवस्था विग्रिएको जानकारी गराएका थिए।

उनको उपचारका लागि मुम्बईबाट निजी चिकित्सक शुटिङस्थल जोधपुर गरेको छ। उनको जोधपुरमा उपचार भइरहेको छ।

यसअघि फिल्मकै शुटिङका लागि अमिताभ पुरै टिमका साथ थाइल्याण्ड गएका थिए। त्यहाँ अत्यधिक चिसोका कारण उनको स्वाथ्यमा असहजता देखिएको थियो।

 'ठग्स अफ हिन्दुस्तान'का अलावा अमिताभ बच्चन '१०२ नट आउट'को शुटिंग पनि गरिरहेका छन। यो फिल्ममा उनको साथमा ऋषि कपूर हुनेछन। फिल्ममा ऋषिले अमिताभको छेराको भुमिकामा देखिनेछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्