हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’को विश्वव्यापी रुपमा चर्चा

हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’को विश्वव्यापी रुपमा चर्चा

लस एन्जल्स । हाल प्रदर्शनमा रहेको हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’ले विश्वव्यापी रुपमा चर्चा बटुलीरहेको छ ।मार्वल युनिभर्सको पाँचौं फिल्म ‘ब्ल्याक प्यान्थर’ले विश्वव्यापी रुपमा एक अर्ब डलरभन्दा बढी रुपैंयाँ कमाई गरिसकेको छ ।

फिल्मले वकान्डा नामक एक काल्पनिक अफ्रिकी देशको कथा समेटेको छ जहाँ अभिनेता चैडविक बाजमैन अपराधसँग लड्ने एक शासकको भूमिका निर्वाह गरेका छन् । यो देशलाई पृथ्वीको सबैभन्दा उच्चतम प्रविधि रहेको देशको रुपमा कल्पना गरिएको छ।

यो फिल्ममा ओस्कार विजेता लुपिता न्योंगो, माइकल बी जोर्डन र डैनियल कलुयाले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् । फिल्ममा ‘द होबिट’का स्टार मार्टिन फ्रिमेन पनि छन् जसले सिआइए एजेन्ट एवरेट रोसको भूमिका निर्वाह गरेका छन्।

फिल्म हेर्ने अधिकांशले फिल्मलाई ‘गेम चेञ्जर’का रुपमा तारिफ गरेका छन्। पूर्व अमेरीकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाले फिल्ममा धेरै संख्यामा अस्वेत कलाकार राखिएकोमा त्यसको तारिफ गरेकी छन् । फिल्मका निर्देशक रेयान कुगलर पनि अश्वेत हुन् । हलिउड बक्स अफिसका विश्लेषक जेफ बोकले फिल्मको कमाईले नयाँ कोशेढुंगा कायम गरेको बताएका छन्। ‘ब्ल्याक प्यान्थरले अश्वेत कलाकारको फिल्म चल्दैन र ती फिल्मको कमाई धेरै हुँदैन भन्ने मान्यतालाई तोडेको छ,’ उनले भनेका छन्।

डिज्नीको टिकट विक्री आँकडा अनुसार फिल्मले रिलिजको २६ औं दिनमा एक अर्ब कमाईको आँकडा छोइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्