जेनिफर लोपेजद्वारा आफु पनि यौन उत्पीडनमा परेको खुलासा

जेनिफर लोपेजद्वारा आफु पनि यौन उत्पीडनमा परेको खुलासा

एजेन्सी

यौन उत्पीडन यौन दुर्ब्यबहार विश्व भरका महिलाहरुले भोग्ने समस्या बन्दै आइरहेकोमा  सेलिब्रेटीहरूले एक पछी अर्को  यौन उत्पीडनको खुलासा गर्ने क्रम बढ्दो छ यस्तैमा हलिउड गायिका जेनिफर लोपेजले आफु पनि यौन उत्पीडनमा परेको खुलासा गरेकी छन् ।

हापर्स म्यागजिनलाई दिएको अन्तवार्तामा उनले करिअरको सुरुवाती चरणमा एक फिल्म डाइरेक्टरले आपत्तिजनक माग राखेको खुलाएकी हुन् । उनका अनुसार ती डाइरेक्टरले उनलाई छाती देखाउन भनेका थिए । जतिवेला उनी इन्डस्ट्रीमा नयाँ थिइन् ।

उनले भनेकी छन्, ‘काम दिने बहानामा डाइरेक्टरले मलाई बोलाएका थिए । कुरा गर्दागर्दै ती डाइरेक्टरले मेरो टप खोल्न लगाए । उसको नियत मेरो भित्री अंग हेर्नु थियो ।’ तर, आफूले त्यो प्रस्ताव अस्वीकार गरेको उनले खुलाएकी छिन् ।

यस्तै, बलिउड सेलिब्रेटीहरूले आफूमाथि भएको यौन उत्पीडन खुलासा गर्ने क्रम बढेको छ । बलिउड अभिनेत्री राधिका आप्टेले पनि बताएकी थिइन् कि उनको पहिलो सुटिङताका दक्षिण भारतीय अभिनेताले उनको पाउ सुमसुम्याएका थिए ।

उनी उक्त व्यवहारले स्तब्ध भएकी थिइन् । उनले यस्तो व्यवहारको सामना पहिले कहिल्यै गर्नु नपरेको बताइन् । तत्कालै उनले ती अभिनेतालाई थप्पड हानेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्