‘बेड सिन र किस सिन दिनु परेमा चलचित्र नै गर्दिन’ – आँचल शर्मा

‘बेड सिन र किस सिन दिनु परेमा चलचित्र नै गर्दिन’ – आँचल शर्मा

आँचल शर्मालाइ अहिलेकी चल्तिकी नायिका भन्दा फरक पर्दैन उनलाई धेरै दर्शकहरुले मन पराउँछन्  यिनै आँचल शर्माले फिल्ममा  बेड सिन र किस सिन दिनु परेमा चलचित्र नै नगर्ने बताएकी छिन् । आइतबार चलचित्र शत्रुगतेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले यसो बताएकी हुन् । चलचित्रको लागी भनेर मदिरा सेवन गर्नु पर्ने, किस गर्नु पर्ने, बेड सिन दिनु पर्ने लगायतका सिन नगर्ने उनले बताइन् । उनी भन्छिन्, ‘मैले आजसम्म कुनै फिल्ममा न चुम्बन न त बेडसिन नै दिएकी छु  र, भोलीका दिनमा पनि दिन्नँ ।’.पत्रकारले शत्रुगते चलचित्रमा मदिरा सेवन गर्नु भएको हो ?भन्ने प्रश्नमा आँचलले मदिरा आफूले कहिले नपिएको र चलचित्रमा पानी मात्र खाएको बताएकी छिन् ।

मह सञ्चारको प्रस्तुति रहेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । कलाकार किरण केसीको निर्माण रहेको चलचित्रमा आँचलसँगै हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपाश्री निरौला, दिपकराज गिरी, पल शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र यही चैत्र ९ गतेबाट प्रदर्शन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्