नेपाल आइडल २ को बिजेतालाई ५० लाख !! को को हुनेछन जज ??

नेपाल आइडल २ को बिजेतालाई ५० लाख !! को को हुनेछन जज ??

निकै चर्चा कमाउन सफल अन्तराष्ट्रीय फेन्चाईजको  नेपाल आइडलको  दोस्रो संस्करण शुरु हँदैछ । पहिलो नेपाल आइडल बनेका बुद्ध लामाले विजय भएबापत प्राप्त गरेका गाडी पुरस्कारका कारण विवाद उत्पन्न भएपछि आयोजकले यसपटकदेखि गाडी पुरस्कार हटाएको छ ।यसपटक विजेताले नगद ५० लाख पुरस्कार पाउने भएका छन् ।यसअघि नगद पुरस्कार २० लाख र महेन्द्रा केयूभी १०० गाडी थियो ।

बुद्ध लामाले पहिलो नेपाल आइडल भएबापत महेन्द्रा केयूभी १०० गाडी पाएका थिए तर आकस्मिक लाभकर तिर्ने सम्वन्धमा उनले आफुले तिर्न नसक्ने भनेर विवाद निकालेपछि अहिलेसम्म गाडीको ब्लु बुक पाएका छैनन् ।

यही विवादले गर्दा सिजन २ मा गाडी पुरस्कार हटाएर ३० लाख रुपैयाँ नगद पुरस्कार थप गरिएको छ  ।नेपाल आइडलको दोस्रो संस्करणमा पनि पहिलो संस्करणमा जस्तै न्हृयु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा तीनै जना जजहरु दोहोरिने भएका छन् । पहिलो संस्करणमा उनीहरुले पाएको प्रशंसा र निर्णय र विश्लेषण क्षमतालाई मध्यनजर गरेर यसपाली पनि पूनः तीनै जनालाई दोहोर्याईएको आयोजकले बताएका छन् ।

त्यसैगरी प्रस्तोतामा भने यसअघि सुशील नेपाल र रिमा विश्वकर्मा रहेकोमा सुशीलको ठाउँमा नायक तथा टेलिभिजन प्रस्तोता आसिफ शाहलाई  राखिएको छ  ।नेपाल आइडल सिजन २ को अडिसन मंगलबार भैरहवाबाट सुरु भएको छ । भैरहवाको जेसिज किन्डर गार्डेन हाइस्कुलमा अडिसन लिइने छ । त्यसपछि क्रमशः धनगढी, हेटौंडा, धरान, पोखरा र काठमाडौंमा अडिसन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्