कपिल र सुनील बीच ट्वीटरमै पर्यो झगडा , ट्वीटरमा कपिलले लेखे ‘पाजी भर्म नफैलाउ’

कपिल र सुनील बीच ट्वीटरमै पर्यो झगडा , ट्वीटरमा कपिलले लेखे ‘पाजी भर्म नफैलाउ’

मुम्बई । भारतीय टेलिभिजनका ख्याती प्राप्त हाँस्य कलाकार कपिल शर्मा र उनका सहयात्री सुनील ग्रोवर बिचको विवाद अब सतहमै देखिएको छ । हालै मात्र कपिल शर्मा आफ्नो नयाँ शो ‘ फ्यामिली टाइम विद कपिल शर्मा’ लिएर पूनः टेलिभिजनमा आउँदैछन् । धेरै दर्शक स्रोताहरुको चाहना अझै यी दुईको मिलन बिन्दु र पूनः पर्दामा आउने आशमा रहेका छन् तर अब त्यसो नहुने संकेत देखिएको छ ।

हालै सुनीलले एक फ्यानको जवाफ दिने क्रममा आफु कपिलसँग जोडीन ईच्छुक रहेको तर प्रतिक्षामा रहँदा उताबाट कुनै फोन नआएको कारण अब अर्कै शो मार्फत आउने बताएका थिए सुनीलको यो ट्वीट भाइरल भएपछि कपिलले सुनीलको यस्तो ट्वीटले आफु दुखी बनेको भन्दै जवाफमा ट्वीटरमा लेखेका छन् – ‘पाजी भर्म नफैलाउ ।’

सुनीललाई एक फ्यानले प्लिज कमब्याक कपिल शर्मा शो । हामी तपाईलाई मिस गरिरहेका छौ । लभ यु सर लेखेका थिए ।  जवाफमा सुनीलले  ‘भाई तपाइजस्ता केही अन्यले पनि मलाई यही प्रश्न गरेका छन् । मैलै फोन नम्बर पनि परिवर्तन गरेको छैन । कुनै फोन पनि आएको छैन ।’ उनले अगाडि लेखेका छन् ‘पर्खदा पर्खदा मैले अर्को प्रोजेक्ट साइन गरेको छु । तपाईहरुको आशिर्वादले राम्रो प्रोजेटसँग जोडिएको छु । छिट्टै तपाईको अगाडि आउनेछु ।’

जव कपिलले यो ट्वीट पढे उनले छिट्टै प्रतिक्रिया समेत दिए । उनले लेखे ‘पाजी मैले १०० भन्दा बढी पटक फोन गरेको छु । दुईपटक घरमा समेत गएको छु । तर बिभिन्न कारणले तिमी भेटिएनौ ।’ कपिलले अगाडि थपे ‘ मैले खबर गरेन भनेर भ्रम श्रृजना नगर ।’

कपिल शर्मा फ्यामिली टाइम विद कपिल शर्मा’ लिएर २५ मार्चदेखि सोनी च्यानलमा पूनः देखिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्