‘द भ्वाईस अफ नेपाल’ को अडिशन सुरु

‘द भ्वाईस अफ नेपाल’ को अडिशन सुरु

‘अब आबाज बन्नेछ पहिचान’ भन्ने स्वलोगनका साथ ‘द भ्वाईस अफ नेपाल’ रियालिटी शो अन्तरगतको अडिशन सुरु भएको छ । काठमाडौंमा प्रेस मिट गर्दै सो कार्यक्रमको आयोजक (एएनसी) ले संसारभरीबाट अडिसन दिन सकिने ‘एप्स’ समेत लन्च गरिएको छ ।

आयोजकले बताए अनुसार सिंगिङ रियालिटी ‘भ्वाईस अफ नेपाल’ मा ९० प्रतिशत पहिलो नेपाल आइडलमा देखिएका अनुहारहरुनै देखिने आयोजकले जनाएको छ ।

उक्त प्रेस मिट कार्यक्रममा अडिसनको ब्राण्ड एम्बेस्डर समेत रहेकी नेपाल आइडलका टप टेन फाइनलिष्ट केन्जल मेहर श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

सार्वजनिक एप्स रियालिटी शो मा नेपालमै पहिलोपटक प्रयोग गरिन लागेको आयोजकले जनाएका छन् । पहिलेकै नेपाल आइडलको ‘ब्याक अप ब्याण्ड’ रहने तथा कार्यक्रमको डाइरेक्टर पनि लक्ष्मण पौडेल नै रहने छन् ।

तर, अहिले सम्म नेपालमा भएका रियालिटी शो मा जज हुँदै आएकोमा भ्वाईस अफ नेपालमा कोचको भूमिका देख्न सकिनेछ ।

त्यस्तै प्रतियोगितामा १६ बर्षमाथिकाले विश्वभरबाट सहभागीता जनाउन सक्नेछन् । यो प्रतियोगितामा नेपाली भाषको अलवा प्रतियोगीले अंग्रजी भाषामा समेत गीत गाउन सक्नेछन् ।

बिजेताले २५ लाख नगद, २० लाख बराबरको एल्बम रेकर्ड, एउटा न्युब्रान्ड कार तथा वल्र्ड टुरको प्याकेज पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रमको होष्टमा पुरुषतर्फ शुशिल नेपालको टुंगो लागेको र महिला तर्फ चाँडै टुंगो लाग्ने आयोजकले जनाएको छ ।

अडिसनको कोचमा बरिष्ठ गायक दिप श्रेष्ठ, गायक प्रमोद खरेल, सनुप पौडेल, तथा अभय सुव्वा रहने भएका छन् । यो कार्यक्रमलाई इन्टरनेश्नल प्लेटफर्ममा समेत प्रस्तुत गरिने आयोजकको भनाई छ ।(सुत्र इन्टरटेन्मेंटको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्