झोराहाटको गाउँमा कविताको २२ औं शृंखलामा चार कवि

<span class='c1'>झोराहाटको गाउँमा कविताको २२</span> <span class='c2'>औं शृंखलामा चार कवि</span>

विराटनगर, १० चैत ।
मोरङको झोराहाटस्थित होराहाट नाट्य केन्द्रको ‘गाउँमा कविता’ शृंखला शनिबार सम्पन्न भएको छ । २२ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा विराटनगरका विवश पोखरेल, काठमाडौंका आरएम डंगोल, भोजपुरकी कविता राई र संखुवासभाका कवि ताराबहादुर बुढाथोकीले आ–आफ्ना कविता प्रस्तुत गरे ।
पोखरेलले ‘बग्दैबग्दै जाने छोरासँग’, ‘ऊसँगको भेटमा’, ‘एउटी नगरबधुको डायरी’ र ‘प्रेम दिवस’ शीर्षकका कविता प्रस्तुत गर्दा कवि डंगोलले ‘अन्तर’, ‘गुनासो’, ‘घडीको समय’ र ‘चरणमा एक साँझ’ शीर्षकका कविता वाचन गरेका थिए । राईले ‘आमा, जुन र भाले’, ‘ड्रप आउट’, ‘विदुर प्रेमी’ र ‘एकलाभ’ शीर्षकका कविता प्रस्तुत गरेकी थिइन् भने बुढाथोकीले ‘मनै त हो आखिर’, ‘नसोध यता के हाल छ’, ‘म नारी हुँ’ र ‘अन्यौलको गोधुलीमा उभिएर’ शीर्षकका कविता प्रस्तुत गरे । चार–चारवटा कविता वाचन गर्दा सभाहलमा खचाखच दर्शकले तालीमार्फत चारैजना कविलाई हौस्याएका थिए ।
नाट्य केन्द्रले हरेक महिनाको दोस्रो शनिबार चारजना कविका कविता वाचन शृंखला विगत दुई वर्षदेखि सञ्चालन गर्दै आएको केन्द्रका अध्यक्ष भरत गुरागाईंले जानकारी गराए । वार्षिकोत्सवका अवसर पारेर नाट्य केन्द्रले वैशाखमा सप्ताहव्यापी विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्